विश्वमा पहिलो पटक ‘जिन–इडिट’ गरी बच्चा जन्माउने चिनियाँ डाक्टरलाई ३ वर्षको जेल सजाय
एजेन्सी । विश्वमै पहिलो पटक वंशाणुगत फेरबदल (जिन–इडिट) गरी २ बच्चा बनाएका वैज्ञानिक हि जियानकुलाई चिनियाँ अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।
उनले सन् २०१८ को नोवेम्बरमा जिन–इडिटिङ प्रविधिको प्रयोग गरी लुला र नाना नाम गरेका जुम्ल्याहा बच्चाको जन्म गराएका थिए । उनको यस्ताे दाबीसँगै विश्व विज्ञान नै आश्चार्यमा पारेका थिए ।
संघाई अदालतले अवैध अभ्यास गरेको दोषी ठहर गर्दै उनलाई ३० लाख युआन (४ करोड ८८ लाख रुपैयाँ) जरिवानासमेत तोकेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार उनको टिममा कार्यरत अन्य दुई जनालाई कम सजाय तोकिएको छ ।
‘उनीहरुसँग यस्तो प्रकृतिले औषधीकाे अभ्यास गर्न उचित प्रमाणीकरण थिएन, नाम र प्रसिद्धिका लागि राष्ट्रिय चिकित्सा नियम उल्ंघन गरेका छन्,’ सिन्ह्वाले जनाएअनुसार अदालतले भनेको छ, ‘उनीहरुले वैज्ञानिक अनुसन्धान र चिकित्सा नैतिकताको हद पार गरेको देखिएको छ ।’ अदालतले हिजानकुसँगै काम गरेका झांग रेन्लीलाई २ वर्षको जेल सजाय र १० लाख युआन जरिवाना तोकिएको छ । सहकर्मी किन जियानकुलाई १८ महिना जेल र ५ लाख युआन जरिवाना तोकेको छ ।
उनीहरुले गत वर्ष ७ जना बच्चाको भ्रुणमा जिन–इडिटको परीक्षण गरेका थिए । भ्रुण अवस्थामा रहेको बच्चाको वंशानुगत फेरबदल गर्न कतिपय देशमा रोक लगाइएको छ । यद्यपि, यसबारे वैज्ञानिकहरुको अनुभव र ध्यानाकर्षण रहँदै आएको छ ।
जियानकुले जिन–इडिट गरेर बच्चा जन्माएपछि एचआइभी संक्रमण नहुने बनाउन खोजेको बताएका थिए । तर, यसै डिसेम्बरको पहिलो हप्ता ‘म्यासाचुसेट्स इन्सट्युट अफ टेक्नोलोजी’बाट सार्वजनिक भएको रिपोर्टले ती बालिकामा रोग प्रतिरक्षा क्षमता विकास गर्न सफल नभएको देखाएको थियो । बच्चालाई जन्मेपछि क्यान्सर, एचआइभी जस्ता संक्रमण नहुने किसिमले भ्रुण अवस्थामै जिन–इडिट गर्न सकिने वैज्ञानिकहरुको बुझाइ छ । यस क्रममा ‘डिएनए’ थप्ने, बदल्ने, हटाउने तथा विस्थापन गर्ने किसिमका फेरबदल गरिन्छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












