नेकपाले टुंग्यायो भागबण्डामा राष्ट्रियसभा उम्मेदवारः पूर्व एमाले १० र पूर्व माओवादी ६
वामदेवद्वारा राष्ट्रियसभा उम्मेदवार बन्न अस्वीकार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भागबण्डामा राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।
शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ उम्मेदवारको टुंगो लगाएको हो ।
नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डाको आधारमा उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार तत्कालीन एमालेको तर्फबाट १० र माओवादी केन्द्रको तर्फबाट ६ सिटमा प्रतिनिधित्व रहनेगरी भागबण्डा गरिएको छ ।
नेकपा सचिवालय सदस्य वामदेव गौतमले भने राष्ट्रियसभा उम्मेदवार बन्न अनिच्छा देखाएको एक नेताले बताए । ती नेताका अनुसार अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभामा आउन प्रस्ताव गरेको भएपनि उनले राष्ट्रिय सभामा जाँदैमा प्रधानमन्त्री बन्ने बाटो खुला नहुने भन्दै चाहना नदेखाएका हुन् ।
गौतमले प्रधानमन्त्री बन्ने बाटो खुला हुने अवस्थामा मात्रै सांसद हुने निकटस्थसँग बताउँदै आएका छन् । तर, राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान छैन ।
उनले यसअघि पटक–पटक उपनिर्वाचनबाट सांसद बन्ने चाहना राखेपनि माहोल प्रतिकूल हुँदा पछि हटेका थिए । उनी डोल्पा र काठमाडौँ क्षेत्रनम्बर ७ बाट उपनिर्वाचन लड्ने तयारीमा रहेको भएपनि माहोल प्रतिकूल बनेको थियो । यसो त कास्की क्षेत्र नम्बर २ बाट समेत उनले चुनाव लड्ने चाहना राखेपनि त्यो पूरा हुन सकेको थिएन ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












