एन आई सी एशियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक
काठमाडाैं । एन आई सी एसिया बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवारण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७७ करोड) ले वृद्धि गरी रु. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । भने, खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ५० करोड) को वृद्धि सहित रु. २ अर्ब १ करोड खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रु. १ अर्ब ५१ करोड रहेको थियो ।
यस्तै, बैंकले दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रु. १५ अर्बले वृद्धि गरी रु. १६५ अर्ब र निक्षेप संकलनतर्फ रु. ६ अर्बले वृद्धि गरी रु. १८६ अर्ब पुर्याएको छ ।
बैंकले कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको जनाएको छ । त्यसै, प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पूर्ण रुपले पालना गरेको बैंकको दाबी छ ।
निक्षेपतर्फ विविधिरणको रणनीति अनुसार बैंकको कुल निक्षेप अहिले कुल निक्षेपको ९.४% रहेको छ भने, बैंकले यो आर्थिक वर्षको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाएको जनाएको छ ।
बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी रु. ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पुर्याएको छ । प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो ।
बैंकका ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदै आएको छ ।
मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरेर आम जनतालाई सेवा दिदै आएको बैंकका नायव प्रमुख सुचना अधिकारी अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












