एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिस्ट सिम’
काठमाडौं । एनसेलको ‘टुरिस्ट सिम’ योजनामार्फत् नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष सेवाको लाभ उठाउन दिने भएको छ ।
एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको यो योजना बुधबारबाट सञ्चालनमा आएको छ ।
योजना अन्तर्गत भ्रमणमा आएका विदेशीले सजिलै टुरिस्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बन्डलिङ गरिएको प्याक लिन सक्छन् ।
कम्पनीले नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित एक सय रुपैयाँमा टुरिस्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले ३० रुपैयाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।
यो सिमको विशेषता भनेको यसमा ‘पे यज यु गो’ रेट लागु हुँदैन र पर्यटनहरूले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बन्डल गरेको तीनदेखि तीस दिनसम्म समयसीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन् ।
पर्यटकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएका कम्बो प्याकमा तीन दिने प्याकको करसहित २ सय ९० रुपैयाँ पर्छ । यसमा ३० मिनेट अल नेटर्वक भ्वाइस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाइस रहेको ७ दिने प्याकको करसहित ४ सय ९० रुपैयाँ तोकिएको छ भने करसहित ९ सय ८० रुपैयाँ पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १ सय ४० मिनेट अल नेटवर्क भ्वाइस बन्डल गरिएको प्याक लिन सक्छन् ।
यस्तै लामो समयका लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले करसहित १ हजार ४ सय ७० रुपैयाँमा २८ जिबी डेटा र २ सय ८० मिनेट अल नेटवर्क भ्वाइस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत करसहित २ हजार ८ सय ८८ रुपैयाँमा ८८ जिबी डेटा र ८ सय ८८ मिनेट अल नेटवर्क भ्वाइस सेवा पाउनेछन् ।
पर्यटकले ‘टुरिस्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।
एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सञ्चालनमा ल्याइएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाको सञ्चार सेवाको आवश्यकतालाई सहज रूपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
टुरिस्ट सिम एनसेलका एनसेल सेन्टर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउन्टर र देशका विभिन्न भागमा रहेका ९० वटा प्वाइन्ट अफ सेल्सबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्छ ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












