बिमा कम्पनीले अटेर गर्दा हजारौं युवा विदेशमा प्रभावित
काठमाडाैं । बिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बिमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान अटेर गर्दा नियोगबाट दिन लागिएको पुनः श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन ।
पुनः श्रम स्वीकृतिका लागि अनिवार्य मानिएको म्यादी बिमा शुल्क भुक्तानीलाई बिमा कम्पनीले अनलाइन कम्पनीमा लैजान अटेर गरेपछि श्रम स्वीकृति लिनकै लागि नेपाली युवा लाखौं खर्च गरेर स्वदेश फर्कन बाध्य भएका छन् ।
स्वदेशमा पनि अनलाइनबाटै बिमा शुल्क भुक्तानी सेवा सुचारु गर्ने सरकारको योजनासमेत अलपत्र परेको छ । सरकारले करार अवधि थप भएका तर श्रम स्वीकृतिको म्याद सकिएका युवाको लागि विदेशस्थित नियोगबाटै पुनःश्रम स्वीकृतिको तयारी गरेको ६ महिनाभन्दा बढी भएपनि बिमाका कारण श्रम स्वीकृतिको काम रोकिएको छ ।
बिमा कम्पनीले सेवालाई अनलाइन प्रणालीमा अपग्रेड गर्न नसक्दा विदेशमा रहेका हजारौं युवा बिना श्रम स्वकृति विदेशमा काम गर्न बाध्य हुनुपरेको छ । यो समाचार आजको कारोबार दैनिकमा यादव हुमागाईं र गोपाल संग्रौलाले लेखेका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











