बालुवाटार जग्गा प्रकरणबारे डा. भट्टराईले भनेः मैले पनि अप्ठ्याराे महसुस गरेकाे छु
काठमाडाैँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि सोही प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख खोलेका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै उनले अख्तियारको प्रशंसा गरे पनि ‘कतिपय त्रुटि र अपूर्णता’ देखिएको बताएका हुन्।
उनले ट्विटरमा भनेका छन्, ‘देशमा व्याप्त भ्रष्टाचार रुपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुअआको प्रयत्न स्वागतयोग्य छ तर प्रथमदृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ।’
उनले ऐन कानुन र राज्यसंयन्त्र परिणाममुखीभन्दा प्रक्रियामुखी बढी भएकोले यस्तो हुन गएको प्रतिक्रिया दिएका छन्।
त्यस्तै प्रधानमन्त्री निर्दोष र मन्त्री दोषी देखिएको उक्त प्रकरणबारे पनि पूर्वप्रम भट्टराईले आफूले पनि यसमा असहजता महसुस गरेको बताएका छन्।
‘सुर–असुर द्वन्द्वबाट निस्केको कालकूट विष पिएर शिवजी नीलकण्ठ बनेझैँ देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु !’, उनले भनेका छन्, ‘तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् ! वा जानी जानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघि देखिने चाहिँ फस्ने नहोस् !’
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्री डा. भट्टराई र माधव कुमार नेपाललाई पनि दोषी देखाइएको छ तर उनीहरुविरुद्ध मुद्दा दायर गरेको छैन। तर सोही प्रकरणमा मन्त्री रहेका विजयकुमार गच्छदारसहित तीन मन्त्रीविरुद्ध भने मुद्दा दायर भएको छ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखोजौँ: प्रधानमन्त्री शाह
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकाले काठमाडौं उपत्यकाको खोला किनारका सुकुम्वासीलाई हटाइएको बताएका छन् । आइतबार बसेको प्रतिनिधि...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












