लितानिवासको जग्गा प्रकरण: गच्छदारसहित मन्त्री र व्यापारिक घरानाको सम्पत्ति खोज्दै विभाग
काठमाडाैँ । बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा संलग्न उच्च राजनीतिक व्यक्ति र व्यापारिक घरानामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ।
विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा बुधबार मुद्दा दायर भएका कर्मचारीबाहेक मन्त्री तथा व्यापारिक घरानामाथि अनुसन्धान थालेको हो। अख्तियारले पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ लगायतका १ सय ७५ जनाविरुद्ध बुधबार मुद्दा हालेको छ।
अनुसन्धान अधिकृत तोकेर मन्त्री तथा व्यापारिक घरानाको अनुसन्धान थालेको सम्पत्ति शुद्धिकरकण विभागका महानिर्देशक रुपनारायण भट्टराईले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। उनका अनुसार अख्तियारका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातको सम्पत्ति शुद्धिकरणको छानविन भइरहेको छ।
‘हामीले अनुसन्धान अधिकृतले तोकेर पूर्वमन्त्री तथा व्यापारिक घारानाको अनुसन्धान थालेका छौं। उनीहरुले अवैध आर्जन गरेको सम्पत्ति कहाँबाट कसरी ल्याएका हुन, त्यसको खोजी गर्छौ’ भट्टराईले भने। महानिर्देशक भट्टराईले कर्मचारीको अबैध सम्पत्तिको अनुसन्धान गर्ने जिम्मेवारी भने विभागको क्षेत्राधिकार नपर्ने बताए।
अनुसन्धानको विषय भएकाले यहाँ भन्दा बढी आफूले जानकारी दिन नसक्ने उनले बताए। विभाग स्रोतका अनुसार विभागले गच्छदार, जोशी, श्रेष्ठका साथै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया रामकुमार सुवेदी, शोभाकान्त ढकाल, राणा परिवारलगायतको सम्पत्ति छानविन थालेको हो।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












