आईसीसी विश्वकप लिग–२ः अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा हुने खेलमा अमेरिकाका कप्तान सौरब नेत्रभालकरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेलमा कुशल मल्लले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यु गर्ने भएका छन् । उनले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत डेब्यु गरेका हुन् । कुशललाई नेपाली राष्ट्रिय टोलीका साहायक प्रशिक्षक जगत टमाटाले डेब्यु क्याट दिएका हुन् ।
त्यस्तै नेपाली टोलीका सुवास खकुरेलले कमब्याक गर्ने भएका छन् । त्यस्तै रोहित कुमार पौडेलको स्थानमा कुशल मल्लले खेल्ने भएका हुन् ।
आजको खेलमा अमेरिकालाई हराउँदै नेपाल अंक तालिकामा दुई अंक जोड्दै आफूलाई बलियो बनाउँने योजनामा छ । पहिलो खेलमा ओमानसँग १८ रनले पारजित भएको नेपाललाई विश्वकपको आशा जोगाई राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।
हाल सम्मको नतिजा हेर्ने हो भने नेपाल अमेरिका सामू बलियो बन्दै आएको छ । हालसम्म नेपाल र अमेरिका ११ पटक एकदिवसीयमा आमने सामने भएका छन् । जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ । ३ खेल भने नतिजा विहिन भएका छन् ।
आजको खेलमा नेपाली टोलीका विकेट किपर तथा ओपनर ब्याट्म्यान सुवास खकुरेलले नेपाली टोलीमा झण्डै १४ महिना पछि कम ब्याक गर्दैछन् । सुवास अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् । उनी अमेरिकाविरुद्ध शतक प्रहार गर्ने एक्लो नेपाली खेलाडी पनि हुन् ।
उनले सन् २०१२ मा मलेसियामा भएको डिभिजन चारमा नेपालले अमेरिकालाई पराजित गर्दा सुवासले शतक प्रहार गरेका थिए । सुवासले अमेरिकाविरुद्ध ५ खेलमा २३५ रन बनाएका छन् ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











