त्रिकोणात्मक क्रिकेट शृंखलाः अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी
काठमाडाैँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको छ।
त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। पारस खड्का २० र दिपेन्द्रसिंह ऐरी १५ रनमा नटआउट रहे। १२ बलको सामना गरेका पारस खड्काले १ छक्का र ३ चौका हाने। दिपेन्द्रले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।
कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्य रनमा पवेलियन फर्के। ओडीआईमा नेपालले अमेरिकालाई कम स्कोरमा रोक्दै विश्व कीर्तिमान समेत बनाएको छ। नेपालले पहिलो खेलमा पनि अमेरिकालाई ३५ रनमा हराएको थियो। जितसँगै घरेलु मैदानमा भएको ओमान सम्मिलित सिरिजमा नेपालले सुखद अन्त्य गरेको छ।
त्यसअघि लेग स्पिनर सन्दीप लामिछाने र सुसन भारीको घातक बलिङमा नेपालले ३६ रनको झिनो लक्ष्य पाएको थियो। नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भयो। ओडीआई शृङ्खलामा अमेरिकाले दिएको सबैभन्दा कमजोर लक्ष्य हो।
यसअघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो। जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो। त्रिवि क्रिकेट मैदानमा नेपालका सन्दीप लामिछानेले ६ ओभरका १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिए।
सन्दीपले १२औं ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारस खड्काबाट ४ रनमा क्याच गराउँदै आफ्नो ओडीआई करिअरमा पहिलो पटक पाँच विकेट पूरा गरे। सन्दीपको यो करिअरकै उच्च प्रदर्शन हो। नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप नेपालबाट पहिलो खेलाडी बनेका थिए।
एकै सिरिजमा ओडीआईमा नेपालबाट पाँच विकेट पूरा गर्ने सन्दीप दोस्रो खेलाडी हुन्। यसअघि युएईसँगको दोस्रो एक दिवसीय खेलमा सोमपाल कामीले ५ विकेट लिएका थिए।
दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शून्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए।
होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिँदै शून्यमा पवेलियनको बाटो देखाएका थिए। सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे। सुशनले आफ्नो पहिलो बलमै मार्शललाई फस्ट स्लिपमा रहेका पारसबाट १६ रनमा क्याच गराए। सुशनले सातौं ओभरको पहिलो बलमा मार्शललाई आउट गरेका थिए।
सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै ४ विकेट लिए। ओपनिङ ब्याट्सम्यान जेभियर मार्सलले जोडेकने १६ रन नै अमेरिकाको लागि सर्वाधिक रह्यो। ४ ब्याट्सम्यानले खाता खोल्न नसक्दा ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












