चीनबाट फर्किएका नागरिकको दिनमा दुईपटक हुनेछ स्वास्थ्य जाँच
सरकारले चीनको वुहानबाट एक सय ७५ नागरिकको उद्धार गरेको छ।
हुबेई प्रान्तका विभिन्न ६ सहरमा रहेका उनीहरूलाई वुहानमा जम्मा गरेर उद्धार गरिएको हो । यीमध्ये १७० विद्यार्थी, एक मजदुर, दुई बालबालिका र दुई पर्यटक छन् ।
नेपाल आउन १८५ जनाले आवेदन दिए पनि चारजनाले चीनमै रहने निर्णय गरे भने ६ जनालाई ज्वरो आएका कारण अनुमति नभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
सरकारले आन्तरिक प्रयास थालेको १३ दिनपछि शनिबार विशेष तालिमप्राप्त स्वास्थ्यकर्मी र चालकदलसहित १६ जनाको टोली वुहान पठाएको थियो। उनीहरूअपराह्न ४ बजेर १ मिनेटमा नेपाल वायुसेवा निगमको दुई सय ७४ सिटे वाइडबडी जहाज लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए ।
फर्काइएकाहरूलाई राख्न क्वारेन्टाइनमा लगभग ६० कोठा व्यवस्थापन गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्। उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ ।
क्वारेन्टाइनमा २५ स्वास्थ्यकर्मीको टोली खटाएको छ । कम्तीमा दुई साताको क्वारेन्टाइन अवधिसम्म स्वास्थ्यकर्मी त्यहीँ रहनेछन् । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ।
व्यक्ति स्वयंले जाँच गर्न मिल्ने गरी छुट्टाछुट्टै थर्मोमिटर पनि राखिएको छ । मन्त्रालयका अनुसार सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र र अर्को जाँच १४ दिनमा गरिनेछ । पाँच गाडी र तीन सुविधासम्पन्न एम्बुलेन्स पनि तयारी राखिएको छ।
परिवारसहितका लागि बेग्लै, पुरुष र महिलालाई बेग्लाबेग्लै तथा चिकित्सकलाई पनि बेग्लै ब्लकमा वासस्थान मिलाइएको छ । क्वारेन्टाइनमा १८ सिसिक्यामेरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गरिएको छ।
कपडा धुन तीनवटा वासिङ मेसिन राखिएको छ । प्रत्येक शड्ढयामा बेग्लै ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रस, मस्क, औषधिलगायत आवश्यक सामग्री व्यवस्था गरिएको छ।
त्यस्तै, क्वारेन्टाइनमा मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोर्ट बनाइएको छ भने क्यारिमबोर्डको पनि व्यवस्था छ । बच्चाका लािग खेल सामग्री राखिएका छन्।
बिहान नास्ता, बिहान ११ः०० बजे खाना, अपराह्न ३ः०० बजे खाजा र साँझ ७०० बजे खाना खुवाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइन क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र बललाई सुरक्षाको जिम्मा दिइएको छ । उद्धार टोलीका सदस्यहरूलाई पनि बेग्लै क्वारेन्टाइनमा राख्ने तयारी छ ।
‘क्वारेन्टाइनमा भइपरी आउने समस्यालाई ध्यान दिँदै सबै आवश्यक तयारी गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । क्वारेन्टाइनमा रहँदा अभिभावकसँग भेटघाट गर्न बन्देज गरिएको छ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











