चीनबाट फर्किएका नागरिकको दिनमा दुईपटक हुनेछ स्वास्थ्य जाँच
सरकारले चीनको वुहानबाट एक सय ७५ नागरिकको उद्धार गरेको छ।
हुबेई प्रान्तका विभिन्न ६ सहरमा रहेका उनीहरूलाई वुहानमा जम्मा गरेर उद्धार गरिएको हो । यीमध्ये १७० विद्यार्थी, एक मजदुर, दुई बालबालिका र दुई पर्यटक छन् ।
नेपाल आउन १८५ जनाले आवेदन दिए पनि चारजनाले चीनमै रहने निर्णय गरे भने ६ जनालाई ज्वरो आएका कारण अनुमति नभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
सरकारले आन्तरिक प्रयास थालेको १३ दिनपछि शनिबार विशेष तालिमप्राप्त स्वास्थ्यकर्मी र चालकदलसहित १६ जनाको टोली वुहान पठाएको थियो। उनीहरूअपराह्न ४ बजेर १ मिनेटमा नेपाल वायुसेवा निगमको दुई सय ७४ सिटे वाइडबडी जहाज लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए ।
फर्काइएकाहरूलाई राख्न क्वारेन्टाइनमा लगभग ६० कोठा व्यवस्थापन गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्। उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ ।
क्वारेन्टाइनमा २५ स्वास्थ्यकर्मीको टोली खटाएको छ । कम्तीमा दुई साताको क्वारेन्टाइन अवधिसम्म स्वास्थ्यकर्मी त्यहीँ रहनेछन् । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ।
व्यक्ति स्वयंले जाँच गर्न मिल्ने गरी छुट्टाछुट्टै थर्मोमिटर पनि राखिएको छ । मन्त्रालयका अनुसार सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र र अर्को जाँच १४ दिनमा गरिनेछ । पाँच गाडी र तीन सुविधासम्पन्न एम्बुलेन्स पनि तयारी राखिएको छ।
परिवारसहितका लागि बेग्लै, पुरुष र महिलालाई बेग्लाबेग्लै तथा चिकित्सकलाई पनि बेग्लै ब्लकमा वासस्थान मिलाइएको छ । क्वारेन्टाइनमा १८ सिसिक्यामेरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गरिएको छ।
कपडा धुन तीनवटा वासिङ मेसिन राखिएको छ । प्रत्येक शड्ढयामा बेग्लै ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रस, मस्क, औषधिलगायत आवश्यक सामग्री व्यवस्था गरिएको छ।
त्यस्तै, क्वारेन्टाइनमा मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोर्ट बनाइएको छ भने क्यारिमबोर्डको पनि व्यवस्था छ । बच्चाका लािग खेल सामग्री राखिएका छन्।
बिहान नास्ता, बिहान ११ः०० बजे खाना, अपराह्न ३ः०० बजे खाजा र साँझ ७०० बजे खाना खुवाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइन क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र बललाई सुरक्षाको जिम्मा दिइएको छ । उद्धार टोलीका सदस्यहरूलाई पनि बेग्लै क्वारेन्टाइनमा राख्ने तयारी छ ।
‘क्वारेन्टाइनमा भइपरी आउने समस्यालाई ध्यान दिँदै सबै आवश्यक तयारी गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । क्वारेन्टाइनमा रहँदा अभिभावकसँग भेटघाट गर्न बन्देज गरिएको छ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












