विमानस्थलमा प्रचण्ड-बाबुरामको जम्काभेट भएपछी……
विमानस्थलमा यसरी जुर्यो पूर्वमाओवादीको जम्काभेट
काठमाडाैं । सत्तारुढ दल नेपाल कमक्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भेटघाट भएको छ ।
पार्टी कार्यक्रमका लागि नेपालगञ्ज जान लागेका प्रचण्ड आफ्नो टिमसहित विमानस्थलको भिआईपी कक्षमा जहाज पर्खेर बसेका बेला बाबुराम भट्टराईपनि त्यहाँ पुगेका छन् ।
प्रचण्ड गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीसहित नेपालगञ्ज जान लागेका बेला जहाज समयमै नउड्दा उनीहरुको भेटघाट भएको हो ।
बाबुराम भट्टराईले सामािजक सञ्जान ट्विटरमा लेख्दै भनेका छन्,
‘७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन! एयरपोर्टमा घण्टौं कुर्दाको फाइदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसंग भेटघाट र गफगाफ गर्न पाइने! नकारभित्र सकार भनेको शायद यही हो! अथवा चित्त बुझाउने मेसो!’
जनयुद्ध दिवसमा प्रचण्डले कांग्रेस सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको बारेमा दिएको अभिव्यक्तिले विवाद सिर्जना गरेको बेला बाबुरामले प्रचण्डले बढाइचढाइ गर्ने र अवस्था हेरेर गीत गाउने पहिलेकै आनीबानी भएको तर, गिरिजाले नगरपालिकाकको चुनाव विथोल्न आग्रह गरेको भनेको भनेका थिए । संयोगवस त्यसको केहि दिनमे उनीहरुको विमानस्थलमा भेटघाट भएको हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












