राजनीतिक दलमा ‘कोरोना’को त्रास, संक्रमणबाट बच्ने पूर्व तयारी भने शून्य
काठमाडाैँ । विश्वभर फैलिरहेको कोरोना भाइरसले नेपाली राजनीतिक महोल पनि बदलेको छ।
कोरोना भाइरस संक्रमण फैलने डरले प्रमुख राजनीतिक दलहरुले सभा सम्मेलन स्थगित गरिसकेका छन्।
प्रमुख राजनीतिक दल नेकपा, नेपाली काँग्रेस, राप्रपा लगायतका दलले आगामी वर्षे महाधिवेशनको तयारीमा छन् । त्यसका लागि सङ्गठन विस्तारदेखि विभिन्न कार्यक्रम आयोजना गरेका ती दलले आफ्ना कार्यक्रम रोक्न बाध्य भएका छन् ।
विशेषगरी फागुन र चैत केन्द्रित पूर्वनिर्धारित उनीहरुका ठूला कार्यक्रम ठप्पजस्तै बनेका छन् ।
कोरोना कोरोना भाइरसको सन्त्रास बढेसँगै नेपालका राजनीतिक दलहरूले आफ्ना कतिपय पूर्वनिर्धारित कार्यक्रम परिमार्जित र स्थगित गर्न पुगेका हुन् । राजनीतिक दलहरुले कोरोनाको सङ्क्रमण बढ्न नदिन ठूला सभा, सम्मेलन र भेला आफूले पनि नगर्ने र अरूलाई पनि नगर्न आह्वान गरिसकेका छन् ।
त्यस्तै उनीहरुले कोरोनाबाट बच्न जनचेतनामूलक सामग्री प्रकाशित गर्नुका साथै सबै मिलेर यस रोगलाई परास्त गर्न अपील पनि गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, सङ्घीय समाजवादी, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी लगायतले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्दै सचेतना फैलाउनेतर्फ परिमार्जन गरेका छन् । ‘कोरोना त्रासले सबैतिर प्रभाव पारेको छ ।
नेताहरु अहिले राष्ट्रिय राजनीतिका बारेमा टिप्पणी गर्दै’कोरोनाबाट बचौँ’ भन्ने सन्देश पनि दिइरहेका भेटिन्छन्।
हजारौँ कार्यकर्ता भएका पार्टीहरुले विपत्तिका बेला स्वयंसेवा अभियानसमेत चलाउने गरेका छन्। तर, कोरोना त्रासमा भटाभट कार्यक्रम रद्द गरेका दलहरुले कोरोनाको संक्रमण रोक्न के गर्दै छन् त पूर्व तयारी?
घर–घरमा पर्चा बाँड्ने तयारी नेकपाको
सत्ताधारी पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभा सम्मेलन नगर्न पार्टीमा आन्तरिक सर्कुलर जारी गरेको छ। पार्टीका महासचिव विष्णु पौडेलले सबै तहका कमिटिलाई सर्कुलर जारी गरिएको बताए। उनले पार्टीको निर्णय अनुसार नै पर्चा पम्प्लेट बनाउने र सभा सम्मेलन नगर्न भनेको बताए। ‘हामीले पार्टीको निर्णय अनुसार नै सभा सम्मेलन नगर्ने भनेका छौँ र जिल्ला कमिटीलाई पर्चा बनाएर घर–घरमा जान भनेका छौँ’, उनले भने।
यसअघि नेकपाले फागुन २० मा हुने जिल्ला सम्मेलन स्थगित गरेर कार्यकर्तालाई घर फर्काइदिएको थियो। नेकपा पार्टी कार्यलयका सचिव ईश्वरी रिजालका अनुसार नेकपामा १५ लाख पार्टी कार्यकर्ता छन्। नेकपा सरकार सञ्चालनको बाघडोर सम्हालेको र सबैभन्दा ठूलो पार्टी हो।
नेकपाले कोरोना रोकथामबारे गाउँगाउँसम्मै अभियान चलाउन सक्ने भए पनि उसको यसतर्फ ध्यान गएको छैन। बरु नेकपाकै नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफ्नो सय दिनको प्रगति विवरण कार्यक्रममा भारत र चीनको तयारीले पनि नेपालमा जोखिम कम हुने अभिव्यक्ति दिएका थिए।
सत्तारुढ पार्टी भएकोले नेकपाको काँधमा अहिले देशमा कोरोना प्रवेश गर्न नदिन र त्रासलाई नियन्त्रण गर्ने जिम्मेवारी छ। यसैगरी यो त्रासमा हुन सक्ने कालोबजारी रोक्ने जिम्मेवारी उत्तिकै छ। तर, यी विषयमा सरकारको कुनै अनुगमन छैन। विमानस्थलमा कोरोनाबारे सजगता अपनाए पनि सीमानामा खासै रोकतोक छैन।
निर्वाध चीन र भारतबाट खुल्ला रुपमा नागरिकहरु ओहोरदोहोर गरिरहेका छन्। खुला रुपमा प्रवेश गर्ने नागरिकहरुको स्वास्थ्य जाँचको कुनै पूर्व तयारी छैन।
कांग्रेसको तयारी ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर-घरसम्म’
फागुन १९ गते नेपाली कांग्रेसले १४ बुँदे अपील जारी गर्यो सरकारका नाममा। अन्तरार्ष्ट्रिय उडान रद्द गर्नुपर्नेदेखि कोरोना संक्रमणबाट बच्न मास्क उपलब्ध गराउनुपर्ने लगायतका विषय छन्। अपीलमा।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अदालतलाई समेत गुहारे, ‘कोरोनको विषयमा अदालतले पनि बोल्नुपर्यो’।
कांग्रेस यतिमा मात्रै सीमित भएन। अपील जारी गरेको दुई दिनपछि अर्थात् फागुन २१ गते पार्टी सबै खालका सभा सम्मेलन नै रद्द गर्यो। कोरोनका विषयमा कांग्रेस सरकारभन्दा संवेदनशील छ भनी देखाउने उद्देश्यले पनि होला उसले आफ्ना सबैजसो पत्रकार सम्मेलनमा दोहोर्याउने गरेको छ,’सरकारलाई कोरोना रोकथाममा हाम्रो पूर्ण साथ रहनेछ।’
उसले यही बेला ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर–घरसम्म’ नामक सचेतना अभियान चलाउने पनि उद्घोष गरेको छ।
कांग्रेसले आफ्ना कार्यक्रम रद्द गरेको दुई दिनपछि उसको तरुण विभागले समेत कोरोनको विषयमा बोल्यो। तरुण विभागका संयोजक शंकर भण्डारीले खाद्यन्न र औषधिको अभाव हुनसक्ने भन्दै सरकारलाई खबरदारी गर्यो राजधानीमा पत्रकार सम्मेलन गरी।
संसद्मा प्रमुख प्रतिपक्ष र दोस्रो ठूलो दल नेपाली कांग्रेस आफ्ना सात लाख पार्टी सदस्य रहेको दाबी गर्छ। भ्रातृ संगठन, पेशागत संगठन गरी देशभर प्रभाव छ कांग्रेसको। उसले अहिले पार्टीका कार्यक्रम रद्द गर्ने र सचेतना अभियान चलाउनेबाहेक कोरोनाको संक्रमण फैलन नदिन उल्लेख्य केही घोषणा गरेको छैन।
कोरोनाबारे कांग्रेसको यति मात्रै होसियारी?, जवाफमा प्रवक्ता शर्माले भने’ अहिले पार्टीका कार्यक्रम रद्द गरेका छौँ। अभियान पनि चलाउँछौँ। महाधिवेशन तयारी रोकिँदैन। अरु परिस्थति अनुसार गर्दै जाउँला।’
यसो त कांग्रेसका नेता तथा सांसद गगन थापाले शुक्रबार संसदमा कोरोना भाइरससम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरी यसबारे सरकार गम्भीर नभएको आरोप लगाए।
कांग्रेसले सरकारको ध्यानाकर्षण गरे पनि यसबाट जोगिन हात मिलाउन छाडी ‘जय नेपाल’ गर्ने भन्ने बाहेक केही तयारी गरेको छैन।
राजपाले पनि सभा सम्मेलन स्थगित गर्यो
संसद्को तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी राजपाको प्रदेश २ र तराईका केही जिल्लामा प्रभाव छ। कांग्रेस र नेकपाको जस्तै राजपाले पनि कोरोनाकै कारण सभा सम्मेलन स्थगित गरेको छ।
यही समयमा होली पनि मनाइँदैछ। राजपाका महासचिव मनीषकुमार सुमनले होली सचेत भएर मनाउन आग्रह गरेको बताए।
‘हाम्रो पार्टीको बैठकले होली सचेत भएर मनाउन अपील गरेको छ। सभा सम्मेलन पनि स्थगित गरेको छ’, उनले भने।
राजपाले फागुन २३ गते मधेश आन्दोलनको सम्झनामा श्रद्धाञ्जली सभा गर्दै आएको थियो। यो पटकको सभा भने स्थगित गरेको छ। संसद्को तेस्रो ठूलो र मधेशमा पकड जमाउन सक्ने राजपाले पनि सभा सम्मेलन स्थगित बाहेकका कोरोना रोकथामका लागि कुनै योजना बनाएको छैन्।
के गर्न चुके दलहरु
छिमेकी चीनमा गएको वर्षको डिसेम्बरमा सुरु भएर फेब्रुअरीमा व्यापक भएको कोरोनाबाट प्रभावित नेपाली विद्यार्थीले स्वदेश ल्याइदिन हारगुहार गरेपछि चर्चाको विषय बन्यो। त्यतिखेरै क्वारेन्टाइन कहाँ बनाउने भन्ने विषयमै धेरै समय बित्यो। चीनमा कोरोनाबाट मृत्यु भएको समाचारमात्र सुनेर बसेका राजनीतिक दल त्यतिखेर मात्र संवेदनशील भए जव विश्व स्वास्थ्य संगठनले नेपाल पनि अति उच्च जोखिममा छ भन्यो।
छिमेकी देशमा फैलिएका महामारीलाई सुरुमै गम्भीर रुपमै लिएर सरकारलाई जिम्मेवार बनाउन सक्ने भए पनि त्यसो गरेनन् दलहरुले। कोरोना भाइरसको त्रास अहिले नेपालमा पनि व्यापक भएको चिकित्सक बताउँछन्। भाइरसभन्दा अगाडि त्रास फैलिनुले समस्या सिर्जना गरेको सरुवारोग विशषज्ञ डा. शेरबहादुर पुनले बताए।
उनले भने, ‘संक्रमणको जोखिम र सम्भावना विश्वभर यथावत् छ। तर, हामी सतर्क रहन आवश्यक छ। भाइरसभन्दा अगाडि त्रास फैलनुले निकै समस्या सिर्जना गरेको छ।’
नागरिकमा फैलिएको त्रासलाई कम गर्न विभिन्न खालका कार्यक्रम गर्न सकिने भए पनि सुरुदेखि नै राजनीतिक पार्टीहरु लागेनन्। गाउँ–गाउँमा संगठन भएकाले जनतालाई सुसूचित गर्न सक्ने भए पनि त्यसतर्फ ध्यान पुगेको छैन।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












