नेकपा अध्यक्ष प्रचण्ड निवासमै अराम गर्दै
प्रधानमन्त्रीलाई भेट्न अधिकांश नेताहरु अस्पतालमा, प्रचण्ड भने निवासमै आराम गर्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीदिनदेखी निवासमै आराम गरिरहेका छन ।
गत मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका प्रचण्ड त्यसयता निवास बाहिर ननिस्किएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रचण्ड ओलीलाई भेट्न अस्पतालमा आउँदा पनि सामान्य रुघाखोकी लागेको देखिएको अोलीको सचिवालयका सदस्यहरुले बताए । त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो ।
मिर्गाैला पुनः प्रत्यारोपणपछि अधिकांश नेताहरु अस्पताल गए पनि प्रचण्ड भने घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
रुघाखोकी र सामान्य ज्वरो आएपछि अध्यक्ष प्रचण्डले भेटघाट पनि कम गरेका छन् । केही नेताहरुसँग र निकटस्थहरुसँगमात्र उनले भेटघाट गरिरहेका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेला लगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले पनि सार्वजनिक कार्यक्रममा जानु नपरेकाले उनी आराममा बसेका हुन् ।
प्रचण्ड निकट एक नेताले भने ‘उहाँ विरामी परेर सुत्नुनै भएको चाहिँ होइन तर अहिले सार्वजनिक कार्यक्रमहरु पनि नभएका र पार्टीका भेलाहरु पनि स्थगित गरिएकाले आराम गर्ने मौका मिलेको हो । यद्यपी कतिपय भेटघाट र छलफलहरु रोकिएका छैनन् ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












