महिला टी२० विश्वकप क्रिकेट: भारतलाई हराएर अस्ट्रेलिया बन्यो विश्वविजेता
काठमाडाैँ । अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै शनिबार वुमेन्स ट्वान्टी-२० विश्वकप २०२० जितेको छ ।
डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले मेलबर्न क्रिकेट मैदानमा भएको खेल सजिलै ८५ रनले जितेर उपाधि रक्षा गरेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। त्यसमा प्रारम्भीक ब्याट्सवुमन बेथ मुनिले नटआउट रहेर ७८ रन बनाइन्।
उनले पहिलो विकेटका लागि एल्सा हेलीसँग १ सय १५ रनको साझेदारी गरिन्। हेलीले ७५ रनको योगदान दिइन्। जवाफमा भारतले सबै विकेट गुमाएर १९.१ ओभरमा ९९ रन मात्र बनाउन सक्यो।
भारतका लागि दीप्ति शर्माले सर्वाधिक ३३ रन बनाइन्। भारलते नियमित अन्तरले विकेट गुमाएपछि ८६ हजार भन्दा बढी दर्शक अगाडि कमजोर प्रदर्शन गरेको थियो।
अस्ट्रेलियाले वुमेन्स ट्वान्टी-२० विश्वकप जितेको यो कीर्तिमान पाँचौं पल्ट हो। यसअघि उसले सन् २०१०, २०१२, २०१४ र २०१८ मा पनि उपाधि जितेको थियो।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











