देशको नेतृत्व लिन महिला योग्य छन् : मन्त्री अर्याल
काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेको स्पष्ट पारेकी छिन् ।
११०औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजधानीको एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो प्रधानमन्त्री बन्न धेरै महिला सक्षम रहेको बताएकी हुन् ।
विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन सहभागी भएका ईतिहास रहेको छ । प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकत्ता रहेको उनले सुनाईन् ।
उनले महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पाएको स्पष्ट पारिन् । उनले भने,‘हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन् । त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको छ ।’ बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको उनले सुनाईन् ।
उनले विगतको ईतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढंगले अघि बढ्नुपर्ने धारणा राखिन् । ‘संविधानमै ३३ प्रतिशत महिलाहरुको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भैसकेको छ’–उनले भनिन्,‘समानताको ढोका खोलिएको छ ।’ हरेक क्षेत्रमा रहेका महिलाहरुले आफ्नो वृद्धिविकास र क्षमताको विकास भएको कुरा व्यवहारमै सावित भैसकेको पनि उनको दाबी छ । उनले भनिन्,‘जो जो महिलाहरुले अहिलेम्म महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ, उहाँहरुले बढो कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । अब महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ ।’
उनले महिलाहरुमा आर्थिक परनिर्भरता रहुञ्जेलसम्म उत्पीडन यथावत रहने तर्क गरिन् । उनले थपिन्,‘अब आम महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ । त्यहीअनुसारको सीप प्रदान गर्नुपर्छ । यसो गर्न सकियो भने महिलाहरु स्वतन्त्र र सवल हुनसक्छन् ।’ सन् २०३० सम्म महिलाहरुलाई समान अधिकारको सुनिश्चित्ता गर्ने कुरा योजना आयोगको १५औं योजनामा समेत राखिसकिएको उनले बताईन् । मन्त्री अर्यालले सरकार महिलाहरुको उत्थानको लागि सकारात्मक कदम चालेको पनि सुनाईन् । अहिलेको समाज र राज्य महिलामत्रै भएको पनि उनको दाबी छ ।
मन्त्री अर्यालले महिलाले प्राप्त अवसरलाई चम्नुपर्ने बताउँदै हरेक परीक्षामा पास हुनुपर्ने बताईनु । उनले भनिन्,‘महिलामा प्रतिष्पर्धी षमता अभिवृद्धि भैरहेको छ । राष्ट्रि निर्माणको दायित्व पूरा गर्ने सवालमा पनि महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा जगजाहेर छ ।’ राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला भैसकेको र उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेकोले महिला सक्षमताको पुष्टि भएको उनको भनाई छ ।
उनले भनिन्,‘आजसम्म जो जो महिला महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभयो, कसैमाथि पन िकाम गर्न नसकेको भनेर प्रश्न उठेको छैन् । बरु, कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह भएको भनेर चर्चा तथा परिचर्चा भएका छन् ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












