नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ?
काठमाडौं । कोरोना (कोभिड-१९) विश्वका एक सय २५ देशमा फैलिएको छ।
बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन्।
तर, नेपालमा अहिलेसम्म कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारी, कृष्ण रिजाल र अजित अधिकारीले लेखेका छन्।
धेरैको प्रश्न छ-कतै नेपालको परीक्षणमै समस्या त छैन?
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने नेपालको परीक्षण विश्वसनीय भएकोमा ढुक्क छन्। उनले भने, ‘कोरोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न म सबैलाई अनुरोध गर्न चाहन्छु । किनकि, हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ । उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन।’
नेपालमा गरिएका परीक्षणको विश्वसनीयता जाँच्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना वेलावेलामा हङकङ पनि पठाउँदै आएको छ।
‘संकलन गरेका नमुना हङकङ पनि पठाउने गरेका छौँ । सुरुमा चीनबाट आएका एकजना नेपालीमा पोजेटिभ भेटिएको थियो । उहाँको नमुना पनि हामीले हङकङ पठाएका थियौँ । हङकङबाट पनि पोजेटिभ आयो,’ उनले भने, ‘अरूको यहाँ नेगेटिभ रिपोर्ट आएको छ, उताबाट पनि नेगेटिभ आयो । त्यसैले हाम्रो ल्याबमा समस्या छैन भन्नेमा निश्चिन्त छौँ।’
नेपालमा हालसम्म चार सय ५० जनाको नमुना परीक्षण गरिएकोमा सुरुमै चीनबाट आएका एक नेपालीमा मात्र कोरोना भेटिएको थियो, उनको पनि उपचार भएको छ । अहिलेसम्म रिपोर्ट आएका चार सय ४९ मा कोरोना भेटिएको छैन।
तर, संक्रमणको आशंकामा बिरामीलाई वेलावेलामा आइसोलेसनमा राख्ने गरिएको छ । अहिले पनि संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखिएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा चार र पाटन अस्पतालमा दुई व्यक्तिलाई भर्ना गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । उनीहरूको रिपोर्ट आइसकेको छैन।
जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिएकामा धेरै इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) देखिएको छ । प्रयोगशालाकी निर्देशक डा. रुणा झा प्रश्न गर्नुपर्ने ठाउँ नरहेको बताउँछिन् । ‘मौसमी रुघाखोकीजस्तै कोरोना पनि लुक्ने रोग होइन । त्यस्तो रोग लागेमा लुकाउन सम्भव छैन, ल्याबमाथि पनि शंका गर्ने ठाउँ छैन,’ झाले भनिन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबको गुणस्तर कायम भए–नभएको हेर्न पहिलो पोजेटिभ केसलाई पनि हरेक ब्याचमा परीक्षण गरिरहेको छ।
स्वास्थ्य अधिकारीहरूले रुघाखोकीको समय भएकाले मानिसहरूलाई सबै कोरोना हो कि भन्ने शंका लाग्नु स्वाभाविक रहेको बताउँछन् । बरु कसैमा कोरोना भाइरस संक्रमित भएको आशंका भएमा तत्काल खबर गर्न उनको सुझाब छ।
‘कोरोना भाइरस एक व्यक्तिबाट अन्य व्यक्तिमा तीव्र रूपमा सर्ने हुन्छ, तर नेपालमा अहिलेसम्म यसरी बिरामी देखिएको अवस्था छैन । त्यसैले नेपालमा कोरोना छैन भनेर स्पष्ट पार्न सकिन्छ,’ डा. झाले भनिन्, ‘कसैले परीक्षणमा आशंका गरेकै भरमा विश्वास दिलाउन रिपोर्टलाई पोजेटिभ बनाउन मिल्छ?’ निर्देशक झाले प्रश्न गरिन्।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












