‘लकडाउन’ नेपाल : सुनसान काठमाडौं (फोटो फिचर)
काठमाडाैँ । सरकारले एक हप्ते लकडाउनलाई कडाइका साथ लागू गर्न सुरक्षाकर्मी परिचालन गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका सबैजसो चोकमा बिहानैदेखि प्रहरीको तैनाथी बाक्लो गरिएको जनाएको छ। सडकमा मानिसहरुको कम भन्दा कम गराउने उद्देश्यले कार्यालयले ठाउँ ठाउँमा प्रहरीको तैनाथीलाई बाक्लो बनाएको हो।
बिहान ६ बजेदेखि नै लकडाउन सुरु भइसकेको अवस्थामा सडकमा निस्किएका सर्वसाधरणलाई सुरक्षाकर्मीले रोक्दै घर फर्काइरहेका छन्। लकडाउन सुरु भएपछि काठमाडौंको सडक करिब सुनसान जस्तै छ।
सुरक्षाकर्मीहरुले सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेकाले बाहिर निस्कँदा ख्याल गर्नुपर्ने भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मानिसहरुलाई सडकमा निस्कनबाट रोक्ने अभियान थालिएको जानकारी दिएका छन्।
सजायमा परिएला?
सरकारले लकडाउन सफल बनाउन दुईवटा कानुनलाई सक्रिय बनाएको छ। सोमबार भएका निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ।
त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने, ८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुन्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












