कोरोना भाइरसको औषधी पत्ता लगाएको ट्रम्पको दाबी, के हो वास्तविकता ?
एजेन्सि । भाइरसलाई मानवजाती सामू पैदा भएको सबैभन्दा ठूलो खतरा मानिएको छ ।
संसारभरी अहिलेसम्म यो भाइरसले १६ हजार बढीको ज्यान लिइसकेको छ ।
नेपालमा पनि सोमबार मात्रै नयाँ संक्रमित देखिएको छ । यो महामारी फैलनुको सबैभन्दा ठूलो कारण भनेको अहिलेसम्म यसको औषधी विकसित गर्न सकिएको छैन ।
संसारभरीका स्वास्थ्य क्षेत्रका वैज्ञानिक यसको प्रभावकारी औषधी बनाउन जुटेका छन् तर यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरसको औषधी बनाएको दाबी गरेका छन् ।
शनिबार २१ मार्चमा डोनल्ड ट्रम्पले ट्वीट गरे, ‘हाइड्रोेक्सिक्लोरोक्विन र एजिथ्रोमाइसिनको मिश्रण मेडिसिनको क्षेत्रमा ठूलो गेम चेन्जर साबित हुनसक्छ । एफडीएले ठूलो काम गरेर देखाएको छ – धन्यवाद । यी दुई एजेन्टलाई तत्काल प्रभावकारी ढङ्गले प्रयोगमा ल्याउनुपर्छ, मानिसहरुको ज्यान गइरहेको छ ।’
ट्रम्पले अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन अर्थात् एफडीएले कोरोनाको औषधी खोजेको दाबी गरे ।
ट्रम्पले यो विषयमा ह्वाइट हाउसको मिडिया ब्रिफिङमा पनि बयान दिए ।
उनले भने, ‘हामी यो औषधीलाई तत्कार प्रभावकारी तरिकाले उपलब्ध गराउने तरखरमा छौं । एफडीएले निकै उत्कृष्ट काम गरेको छ । यो औषधी स्वीकृत भइसकेको छ ।’
ट्रम्पको दाबीको वास्तविकता परीक्षणः
बीबीसीले यसबारे अनुसन्धान गरेको छ ।
साथै अमेरिकी स्वास्थ्य विभागले यसलाई स्वीकृति पनि दिइसकेको छ भनेर जान्ने कोसिस गरेको छ ।
ट्रम्पको यो बयानपछि २१ मार्चमा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले एक रिपोर्ट जारी गर्यो ।
उक्त रिपोर्टमा सीडीसीले कोभिड–१९ का बिरामीका लागि एफडीएले कुनै औषधी स्वीकृत नगरेको जानकारी दिइएको थियो ।
यद्यपि, उक्त रिपोर्टमा अमेरिकासहित विभिन्न देशमा कोभिड–१९ का बिरामीका लागि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग भने गरिएको बताइएको छ ।
एउटा सानो अध्ययनका अनुसार हाइड्रोक्सीक्लोरोक्विनसँग एजिथ्रोमाइसीनको मिश्रण कोभिड–१९ को असरलाई कम गर्न सक्छ ।
औपचारिक उपचार छैनः
उक्त रिपोर्टमा हाइड्रोक्सिलोरोक्विनसँग एजिथ्रोमाइसीनको प्रयोगलाई ‘अनकन्ट्रोल बेसिस’ बताइएको छ । यसबाट स्पष्ट हुन्छ कि यो मिश्रणलाई औपचारिक उपचार मान्न हुँदैन ।
वास्तवमा विज्ञान–मेडिसिनको दुनियाँमा कुनै पनि प्रकारको असरलाई दुई तरिकाले मापन गरिन्छ ।
१) अनियन्त्रित अर्थात् अनकन्ट्रोल अब्जर्भेसन
२) नियन्त्रित अर्थात् कन्ट्रोल अब्जर्भेसन
अनियन्त्रित अब्जर्भेसनमा कुनै विशेष औषधीले यदि असर गरिरहेको छ भने त्यसलाई प्रयोगमा ल्याउन सकिन्छ । यसको असर धेरैजसो व्यक्तिपरक हुन्छ अर्थात् हरेक व्यक्ति एकै खालका हुन्छन् भनेर निश्चित हुँदैन ।
यस्तै, अनियन्त्रित अब्जर्भेसनमा एक योजना अनुसार तुलनात्मक अध्ययन गरिन्छ । यसमार्फत् कुनै औषधीको असरबारे धेरै र सटिक जानकारी पत्ता लाग्छ ।
रिपोर्टमा यो पनि स्पष्ट लेखिएको छ कि क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधीका केही नकारात्मक असर पनि छन् । यो प्रयोग गर्ने केही बिरामीलाई विशेष सल्लाह दिनुपर्छ । यसको प्रयोगले मृगौलाले काम गर्न छोड्ने र मुटुजन्य समस्याको सम्भावना हुन्छ ।
सीडीसीका अनुसार अमेरिकामा हाइड्रोक्सिक्लोरोक्विनका केही क्लिनिकल टेस्टको योजना तयार छन् र चाँडै नै यो प्रक्रिया सुरु हुनेछ ।
क्लोरोक्विन के हो ?
क्लोरोक्विन मलेरियाको निकै पुरानो र प्रभावकारी औषधी हो । यसको प्रयोग दशकौंदेखि मलेरियाको बिरामीका लागि गर्दै आएको छ ।
पछिल्ला केही वर्षमा यो औषधीका केही नकारात्मक असर पनि देखियो जसका कारण विभिन्न देशले यसको प्रयोगमा नियन्त्रण पनि गरेको छ तर अहिले थुप्रै देशमा यसको भारी मात्रामा प्रयोग भइरहेको छ ।
बीबीसीले आफ्नो अनुसन्धानमा यो औषधी अमेरिकालगायत भारतमा पनि प्रयोग गरिएको छ ।
तर ट्रम्पले एफडीएले यो औषधीलाई स्वीकृती दिइसकेको दाबी गरेपनि एफडीएले यसलाई अस्विकार गरेको छ । यस्तोमा यसलाई कोरोना भाइरसको औपचारिक औषधी भन्न मिल्दैन ।
Comments
अरु समाचार
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...











