मन्त्रिपरिषद् बैठक : लकडाउनको अवधि र स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल
काठमाडाैँ । मन्त्रिपरिषद्को बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसिरहेको छ।
अपरान्ह सवा ४ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो। आजको मन्त्रिपरिषद् बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। कोरोना रोकथामसम्बन्धी स्वास्थ्य सामग्री ढुवानीमा गर्न खोजिएको अनियमिततालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट रहेको बुझिएको छ।
स्वास्थ्य सामग्री खरिदमा गडबडी गर्न खोजिएको सूचना बालुवाटार पुगेपछि प्रधानमन्त्रीले आजको बैठकमा केही मन्त्रीहरुसँग सोधखोज गर्न सक्ने बताइएको छ। स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे सञ्चारमाध्यममा समाचारआएपछि त्यसबारेमा प्रधानमन्त्रीले कोरोना रोकथाम उच्चस्तरी समितिका संयोजक ईश्वर पोखरेल तथा विभागीय मन्त्रीहरुसँग छलफल गर्ने भएका हुन्।
स्वास्थ्य सामग्री खरिदमा आफूनिकट एजेन्ट र दलाललाई प्रयोग गरेर भ्रष्टाचार गर्न खोजेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परिसकेको छ। त्यसैगरी स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई सर्वोच्चले बोलाएको छ। विवादमा तानिएपछि स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री ओलीकै निर्देशनमा ओम्नी समूहसँगको ठेक्का सम्झौता रद्द गरिसकेको छ।
यो बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि हाल जारी लकडाउनको अवधि बढाउनेबारेमा छलफल हुने भएको एक मन्त्रीले जानकारी दिए। नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले कम्तीमा वैशाख पहिलो सातासम्म लकडाउन लम्बाउने रणनीति बनाएको हो। पछिल्लो पटक शनिबार मात्रै कैलाली र कञ्चनपुरमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। ‘ट्राभल हिस्ट्री’ नभएकी एक महिलासममेत कोरोना संक्रमित भएपछि सरकारले थप कडा कदम चाल्ने अनुमान गरिएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












