नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग
काठमाडौं । कोभिड-१९ को महामारीका कारण तत्काल स्वास्थ्य समस्या भएका मुलुकहरुलाई सहयोग गर्ने उद्देश्यले विश्व बैंकले मार्च १७ मा पारित गरेको फास्ट-ट्र्याक फेसिलिटी (एफटिएफ) उपलब्ध गराउने घोषणा गरेको थियो ।
जसअन्तर्गतको पहिलो चरणमा अप्रिल २ मा २५ वटा मुलुकहरुलाई १९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराएको छ ।
त्यसैगरी विश्व बैंकले विश्वभर १७ अर्ब अमेरिकी डलर बराबरको महामारीलगायतका विपदका विषयमा सहायता उपलब्ध गराउने विषयमा काम भइरहेको जनाएको छ ।
पहिलो चरणको सहायता पाउनेमा दक्षिण एसियाका नेपाल र भुटानबाहेक अन्य मुलुकहरु अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका रहेका छन् ।
यस सहायता योजनाअन्तर्गत अफ्रिकाका १० मुलुक, पूर्वी एसिया र प्यासेफिकका कम्बोडिया र मंगोलिया, युरोप र सेन्ट्रल एसियाका किर्गिस्तान र ताजकिस्तान, ल्याटिन अमेरिका र क्यारेबियनका अर्जेन्टिना, इक्वेडर, हाइटी र पाराग्वे, मध्यपूर्व र उत्तर अफ्रिकाका जिबउटी र यमन परेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












