प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज पुनः देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज विहान ११ बजे सम्बोधन गर्न लागेकाे प्रधानमन्त्रीको सचिवाले जनाएकाे छ। आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए। उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ।
यस अघि हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउन (बन्दाबन्दी) वैशाख ३ गतेसम्म लम्ब्याएको छ। चैत ११ गतेयता जारी लकडाउन मंगलबार सकिँदै गर्दा सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः आठ दिन थप गर्ने निर्णय गरेको हो। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक साताका लागि लकडाउन तोकिएको थियो। त्यसयता कोरोना संक्रमितको संख्या नौ पुगेको छ। तीमध्ये ८ जना आइसोलेसनमा उपचाररत छन्। एक जना निको भई घर फर्किएका थिए। कैलालीमा विदेशबाट फर्किएका एक जनामा देखिएको संक्रमण उनका आफन्तमा सरेपछि स्वास्थ्य मन्त्रालयले नेपाल दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो।
त्यहाँको सुदूरपश्चिम प्रदेश सरकारले लकडाउन अवधि बढाउन सिफारिससमेत गरेको थियो। उक्त अवधिभर अत्यावश्यक ढुवानीका साधन भने सञ्चालन हुन दिने निर्णय बैठकले गरेको छ। अन्तर्राष्ट्रिय हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत पनि वैशाख ३ गते राति १२ बजेसम्म स्थगन गर्ने निर्णय भएको छ। अत्यावश्यक सेवा क्षेत्रबाहेक अन्यलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ। बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहेका र काम नदेखिएका मन्त्रीहरूलाई पनि प्रदेश सरकार र अन्य दलसँग समन्वय, नीति योजना बनाउन परिचालन गर्ने निर्णय गरेको छ।
प्रदेश १ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङ, प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, गण्डकी प्रदेशमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, प्रदेश ५ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णाली प्रदेशमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा खानेपानीमन्त्री बिना मगरलाई प्रदेश सरकारले गरिरहेका कामसँग समन्वय गर्न जिम्मेवारी दिइएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, बालबालिकामा कोभिड–१९ ले पारेको असर र सुधारको कार्ययोजना बनाउने, सामाजिक संघसंस्था परिचालन गर्न भनिएको छ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा ९सुनार०लाई युवा, खेलाडी र राहत वितरणमा स्वयंसेवक व्यवस्थापन र परिचालनका लागि योजना बनाउने र कार्यान्वयनका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङफेलाई संसद्मा भएका विभिन्न दलसँग निरन्तर संवाद तथा सहकार्य गर्ने गरी जिम्मेवारी तय गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा। युवराज खतिवडाले बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












