यो महामारीलाई परास्त गर्न राज्य र नागरिकबीचको सहकार्य जरुरत छः डा. भट्टराई
काठमाडाैँ । पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राज्य र नागरिकबीचको सहकार्यले मात्रै कोरोना भाइरस (कोभिड १९)को महामारीलाई परास्त गर्न सक्ने बताएका छन्।
बिहीबार समाजिक सञ्जाल फेसबुमार्फत भिडियो सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले राज्य र जनताबीच सहकार्य नभए यो महामारीलाई परास्त गर्न नसकिने बताए।
‘यो महामारीलाई राज्य र नागरिकबीचको सहकार्यले मात्रै परास्त गर्न सक्छौँ’, भिडियो सन्देशमा भट्टराईले भनेका छन्, ‘मुख्य दायित्व राज्यले लिने हो, नीति निर्माण र कार्यान्वयन गर्न हो। तर, आम जनताको सहभागिता त्यसमा भएन, राज्य र जनताबीच भएन भने पनि हामीले यसलाई परास्त गर्न सकिँदैन।’
उनले तीन तहका सरकारबीच तालमेल मिलाउने र स्थानीय तहमा सर्वपक्षीय संयत्र निर्माण गरेर सहकार्य गरेर यसलाई परास्त गर्नुपर्ने बताए।
उनले बन्दाबनदी (लकडाउन)का समयमा विभिन्न तनाव हुने, विभिन्न आशंका उब्जिने अवस्था आउने भन्दै चिन्ता नलिइ चिन्तन गर्न सबैमा आग्रह गरेका छन्।
‘मनोविज्ञानवेत्ताहरु र योगशास्त्रीहरु भन्छन् यस्तो बेलामा हामी जति तनाव मुक्त हुन सक्यो, सकारात्मक सोच राख्न सक्यो उती हाम्ररो प्रतिरोधी क्षमता बढ्छ र यस्ता रोगहरुलाई हामीले प्रतिरोध गर्न सक्छौँ’, उनले भने, ‘त्यसैले म यहाँहरुलाई आग्रह गर्दछु, हामी तनावमा पर्ने होइन्, चिन्ता गर्ने होइन, चिन्तन गर्ने हो। यो महाव्याधीपछि पनि जीवन रहन्छ, संसार रहन्छ र हामी अझै उन्नत र सुखमय जीवन भन्ने सकारात्मक सोच हामीले राख्नुपर्दछ।
उनले नेपाल प्राकृतिक हिसाबले सुन्दर रहेको र संस्कृतिक हिसाबले पारिवारिक जमघटमा रमाउने बानी रहेको बताउँदै उनले आफ्ना रुची अनुसार आफूलाई व्यस्त राख्ने बताए।
‘यो हामीले आफैबाट अलग भएर बसेको अवस्था होइन, वास्तवमा हामीले हाम्रो मुख्य दुस्मन कोरोना भाइरलाई अलग्याएको अवस्था हो, हामीले उसलाइ बन्दाबन्दी गरेको अवस्था हो’, उनले भनेका छन्, ‘किनकि यसको चरित्र भनेकै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हो, उसलाई सर्न नदिनका निम्ति केही समय अलग रहनु परेको अवस्था हो। यसमा हामी स्पष्ट भयौ भने हामी तनावमुक्त रहन सक्छौँ र यो रोगबाट मुक्त हुन सक्छौँ।’
अध्यक्ष भट्टराई विदेशबाट आएका नेपाली नागरिकहरुलाई दुई हप्ता क्वारेन्टिनमा बसेर मात्र परिवारसँग जोडिन आग्रह गरेका छन्।
अध्यक्ष भट्टराईले कोरोना महाव्याधीको समयमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आपूर्ति (खाद्य, पानी, औषधि आदि) उपलब्ध गराउन खटिएकासबै्, सफाइकर्मी, सञ्चारकर्मीलगायत सबैलाई सम्मान व्यक्त गरेका छन्।
त्यस्तै उनले विपन्न नागरिक, मजदूर, अशक्तलगायतलाई राहतको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












