कोरोनाको प्रभावकारी औषधि पत्ता लागेको अमेरिकाको दाबी
एजेन्सि । सयुक्त राज्य अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लागेको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको दाबी गरेका हुन्।
औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिन अति उपयुक्त तथा प्रभावकारी औषधि उत्पादन गरेको ट्रम्पकाे दाबी छ। त्यसको परीक्षण चाँडै सुरु हुने पनि उनले जानकारी दिएका छन्।
उक्त औषधि तथा उपचार पद्धतिप्रति उत्पादक कम्पनी अति नै आशावादी र उत्साही रहेको राष्ट्रपति ट्रम्पलाई उधृत गर्दै अमेरिकी सञ्चारमाध्मयले जनाएका छन्।
कारोना भाइरसविरुद्ध औषधि तथा खोप पत्ता लगाउन अहिले विश्वभरका वैज्ञानिक प्रयासरत छन्। तर अहिलेसम्म यसको खास औषधि पत्ता लाग्न सकेको छैन।
अहिले विश्वमै सबैभन्दा बढी काेराेना संक्रमण पनि अमेरिकामै भइरहेकाे छ। त्यहाँ अहिलेसम्म यसबाट मृत्यु हुनेकाे संख्या १६ हजार ६ सय ९१ पुगिसकेकाे वर्ल्डओमिटरले शुक्रबार बिहान जनाएकाे छ। यस्तै अमेरिकामा काेराेना संक्रमितको संख्या ४ लाख ६४ हजार ५ सय ६६ पुगिसकेकाे छ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











