नेकपा स्थापना दिवस : तीन नेताका तीन सन्देश, एक अर्काविरुद्ध यसरी आयो वक्तव्य
काठमाडौं । आजभन्दा ७१ वर्ष अघि आजकै दिनमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
२२ अप्रिल तथा १० वैशाखकै दिनमा विश्वमा परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भी आई लेनिनको जन्म भएको थियो । नेपालमा भने २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो ।
यसअघि नेकपाले स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाउँदै आएको थियो । तर, यो वर्ष विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो कार्यक्रम पनि प्रभावित बन्यो । तर, शुभकामनाको आदानप्रदान भने भएको छ । कोरोना भाइरसविरुद्ध विश्व लडिरहेको बेलाम नेपालमा भने कम्युनिष्ट पार्टी स्थापनाको दुई दिनअघिमात्र राजनीतिक तरङ्ग सिर्जना भयो । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले ल्याएका दुई प्रस्तावले मन्त्रीहरु अचम्म परेका थिए ।
यो सबैका लागि ओलीको सरप्राइज थियो । प्रधानमन्त्री ओलीले राजनीतिक दल फुटाउन मिल्लेनगरी ल्याएको उ्रक्त अध्यादेशले यतिबेला नेकपाको आन्तरिक विवाद छताछुल्ल समेत हुन थालेको छ । शीर्ष तहदेखिका नेताहरु आन्तरिक तयारीमा समेत लागिसकेका छन् । पार्टी स्थापना दिवसको दिनमा तीन नेताले जारी गरेको शुभकामना आदनप्रदानमा पनि केही घुमाउरो भाषामा शितयुद्धजस्तो देखिएको छ । दुई अध्यक्षले वक्तव्यमार्फत प्रशनोत्तर गरेको प्रष्ट देखिएको छ । पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागेको भन्दै उनले भनेका छन, ‘पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् ।
प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो। पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’ प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष ओलीले यसलाई जवाफ विज्ञप्तिमार्फत नै दिएका छन् । नेकपा स्थापनाको शुभकामना दिएको वक्तव्यमा नै उनले भनेका छन्,‘सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो ।’ त्यस्तै, वरिष्ठ नेता माधव कुमार नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नेकपा स्थापना दिवसको शुभकामना दिएका छन् ।
पार्टी विभाजनलाई बिराम लगाउँदै एकताको महान अभियान अघि बढेको हो : प्रधानमन्त्री ओली
शुभकामना दिँदै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाई अघि बढेको बताएका छन् । उनले भनेका छन्,‘कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि हो ।’
लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको नेकपाले स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुगेको वक्तव्यमा उल्लेख छ ।
‘सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरंकुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो’, वक्तव्यमा भनिएको छ । ‘सात दशकको अवधिमा लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भयो तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाई अघि बढायो ।’
नेकपालाई कमजोर बनाउन विदेशी शक्ति लागे : अध्यक्ष प्रचण्ड
त्यस्तै, अर्का अध्यक्ष प्रचण्डले भने नेकपालाई कमजोर बनाउन बाह्य शक्ति लागेको उल्लेख गर्दै शुभकामना सन्देश जारी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७१ औ स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्ति नेकपालाई कमजोर बनाउने पयत्नमा निरन्तर लागिरहेको बताएका हुन् ।
प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु र जनमत र जनभावनाको सम्मान गर्दै समाजवादको आधार तयार गर्नु नेकपाको कार्यभार रहेको उनको भनाई छ । हालै राष्टपतिबाट जारी भएको राजनीतिक अध्यादेशपछि पार्टी फुटको हल्ला भइरहेका बेला अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर लैजानुपर्ने जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७१ औ स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु जनमत र जनभावनाको सम्मान गर्दै समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको बताएका छन् । ‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ’, प्रचण्डले भनेका छन्, ‘यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पुर्ण नेता कार्यकर्तालाई अपिल गर्दछु ।’
प्रधानमन्त्रीको कदमले पार्टी एकतामा आघात पुग्नुहुँदैन : माधव नेपाल
वरिष्ठ नेता माधव कुमार नेपालले एक विज्ञप्ति जारी गर्दै पार्टी र सरकार कोरोना भाइरस महामारीविरुद्ध लड्नमा केन्द्रीत हुनपर्ने भने बताएका छन् । साथै, उनले पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउन आआफ्नो ठाउँबाट योगदान गर्न आह्वान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसको शुभकामना दिँदै नेता नोपलले पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह समेत गरेका छन् ।
उनले कोरोना भाइरस महामारीविरुद्ध लड्नपर्ने बेलामा सरकारले मूल जिम्मेवारीबाट ध्यान अन्यन्त्र मोड्न नहुने बताएका छन् । सोमबार सरकारले जारी गरेको अध्यादेशको पार्टी भित्र र बाहीरबाट विरोध भइरहेको छ । खासगरी प्रधानमन्त्री ओलीले एकलौटी निर्णयमा अध्यादेश पारित गराएको भन्दै नेकपाका शीर्ष नेताहरुबीच विवाद चुलिँदै गएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अघि भनेका छन्,‘यस विषम परिस्थितिमा सरकार पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनको मान्यतामा प्रहार गर्ने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम कुरा हुनु हुँदैन उनले भनेका छन्, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












