प्रचण्डसहित नेकपाका शीर्ष ६ नेताको बैठक भैंसेपाटीमा, प्रधानमन्त्री शीतल निवासमा
काठमाडौं । सोमबार जारी दुई अध्यादेशका कारण नेकपाभित्र किचलो बढिरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष नेताहरुको बैठक भैंसेपाटीमा बसेको छ।
बिहीबार साँझ दाहालसहित तेस्रो वरियताका झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठक भएको हो। स्रोतका अनुसार उक्त बैठकले प्रधानमन्त्रीद्वारा जारी दुई अध्यादेश फिर्ता हुनुपर्ने मत बनाएको छ। ‘दुवै विधेयकले राजनीतिक अस्थिरताको सम्भावना बढाएको छ’, स्रोतले भन्यो, ‘अहिलेलाई यी विधेयक फिर्ता हुनुपर्ने हाम्रो साझा मत रहेको छ।’ नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा ओलीबाहेकका नेताहरुको बैठक बसेको हो। राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहितको अध्यादेश र संवैधानिक निकायमा नियुक्तिबारेको अर्को अध्यादेश ओलीले पार्टीमा सल्लाह नै नगरी जारी गरेपछि नेकपाको विवाद भुसको आगोझैँ सल्किएको अवस्थामा बैठक भएको हो।
प्रधानमन्त्री ओलीले दुवै विधेयक फिर्ता गर्ने संकेत बिहीबारै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई गरिसकेका छन्। नेकपाभित्रैबाट चर्को आलोचना भएपछि ओलीले दुवै विधेयक फिर्ता गरेर सहमतिमा आउन तयार रहेको जनाउ दिएका हुन्। यसअघि कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यबीच गत पुसमा पनि वामदेव निवासमै गोप्य भेटघाटलाई भएको थियो। त्यसले नेकपामा लामो समय हलचल ल्याएको थियो। त्यस भेलाले प्रधानमन्त्री ओलीलाई करिब एक्ल्याएको थियो। यही विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र दाहालबीच बढेको अविश्वास अझै घटेको छैन। ओलीको शंका मेट्न दाहालले त्यसबेला भैंसेपाटी भेलामा सामान्य राजनीतिक विषयमा मात्रै कुरा भएको जनाउँदै मोर्चाबन्दी नगरिएको उल्लेख गरेर ओलीलाई फकाउने प्रयास गरेका थिए। नयाँ सभामुख चयनलाई लिएर देखिएको किचलोबीच त्यसबेला भैंसेपाटीमा गोप्य बैठक भएको थियो। यो पटक ओलीले ल्याएका दुई विधेयकले निम्त्याएको जटिलता र मधेसवादी पार्टी फुटाउन गरिएको कसरतपछि विकसित घटना लगत्तै बैठक बसेको हो।
प्रधानमन्त्रीले एकलौटी कदम चालेको भन्दै नेकपाका २० जना स्थायी कमिटी सदस्यले बुधबारै विधेयक तत्काल फिर्ता गर्नुपर्ने मागसहित पत्र बुझाएका थिए। विधेयकले नेकपा ने घेराबन्दीमा परेको निचोड भैंसेपाटी बैठकले निकालेको दाबी स्रोतको छ। सरकारले राष्ट्रपतिबाट अध्यादेश खारेजको निर्णय गराएपछि नेकपाको सचिवालय बैठक बस्ने बताइएको छ। त्यसपछि नेताहरुको माग अनुसार स्थायी कमिटी बैठक डाक्ने तयारी भएको छ। ओली शीतल निवासमा दुई अध्यादेशले ल्याएको जटिलतापछि प्रधानमन्त्री ओली भने राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। सोमबार जारी भएका दुई अध्यादेश फिर्ता गर्ने जनाएका ओली त्यही विषयमा छलफल गर्न शीतल निवास पुगेका स्रोतको दाबी छ। यो अध्यादेशलाई लिएर नेकपा सचिवालयमा पनि चर्को विवाद भएको थियो। त्यसबेला अध्यक्ष प्रचण्डले अध्यादेशको विरोध गर्दै फिर्ता हुनैपर्ने अडान लिएका थिए। अन्य केही नेताले भने आफूलाई तटस्थ राख्न खोजेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












