प्रचण्डसहित नेकपाका शीर्ष ६ नेताको बैठक भैंसेपाटीमा, प्रधानमन्त्री शीतल निवासमा
काठमाडौं । सोमबार जारी दुई अध्यादेशका कारण नेकपाभित्र किचलो बढिरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष नेताहरुको बैठक भैंसेपाटीमा बसेको छ।
बिहीबार साँझ दाहालसहित तेस्रो वरियताका झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठक भएको हो। स्रोतका अनुसार उक्त बैठकले प्रधानमन्त्रीद्वारा जारी दुई अध्यादेश फिर्ता हुनुपर्ने मत बनाएको छ। ‘दुवै विधेयकले राजनीतिक अस्थिरताको सम्भावना बढाएको छ’, स्रोतले भन्यो, ‘अहिलेलाई यी विधेयक फिर्ता हुनुपर्ने हाम्रो साझा मत रहेको छ।’ नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा ओलीबाहेकका नेताहरुको बैठक बसेको हो। राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहितको अध्यादेश र संवैधानिक निकायमा नियुक्तिबारेको अर्को अध्यादेश ओलीले पार्टीमा सल्लाह नै नगरी जारी गरेपछि नेकपाको विवाद भुसको आगोझैँ सल्किएको अवस्थामा बैठक भएको हो।
प्रधानमन्त्री ओलीले दुवै विधेयक फिर्ता गर्ने संकेत बिहीबारै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई गरिसकेका छन्। नेकपाभित्रैबाट चर्को आलोचना भएपछि ओलीले दुवै विधेयक फिर्ता गरेर सहमतिमा आउन तयार रहेको जनाउ दिएका हुन्। यसअघि कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यबीच गत पुसमा पनि वामदेव निवासमै गोप्य भेटघाटलाई भएको थियो। त्यसले नेकपामा लामो समय हलचल ल्याएको थियो। त्यस भेलाले प्रधानमन्त्री ओलीलाई करिब एक्ल्याएको थियो। यही विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र दाहालबीच बढेको अविश्वास अझै घटेको छैन। ओलीको शंका मेट्न दाहालले त्यसबेला भैंसेपाटी भेलामा सामान्य राजनीतिक विषयमा मात्रै कुरा भएको जनाउँदै मोर्चाबन्दी नगरिएको उल्लेख गरेर ओलीलाई फकाउने प्रयास गरेका थिए। नयाँ सभामुख चयनलाई लिएर देखिएको किचलोबीच त्यसबेला भैंसेपाटीमा गोप्य बैठक भएको थियो। यो पटक ओलीले ल्याएका दुई विधेयकले निम्त्याएको जटिलता र मधेसवादी पार्टी फुटाउन गरिएको कसरतपछि विकसित घटना लगत्तै बैठक बसेको हो।
प्रधानमन्त्रीले एकलौटी कदम चालेको भन्दै नेकपाका २० जना स्थायी कमिटी सदस्यले बुधबारै विधेयक तत्काल फिर्ता गर्नुपर्ने मागसहित पत्र बुझाएका थिए। विधेयकले नेकपा ने घेराबन्दीमा परेको निचोड भैंसेपाटी बैठकले निकालेको दाबी स्रोतको छ। सरकारले राष्ट्रपतिबाट अध्यादेश खारेजको निर्णय गराएपछि नेकपाको सचिवालय बैठक बस्ने बताइएको छ। त्यसपछि नेताहरुको माग अनुसार स्थायी कमिटी बैठक डाक्ने तयारी भएको छ। ओली शीतल निवासमा दुई अध्यादेशले ल्याएको जटिलतापछि प्रधानमन्त्री ओली भने राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। सोमबार जारी भएका दुई अध्यादेश फिर्ता गर्ने जनाएका ओली त्यही विषयमा छलफल गर्न शीतल निवास पुगेका स्रोतको दाबी छ। यो अध्यादेशलाई लिएर नेकपा सचिवालयमा पनि चर्को विवाद भएको थियो। त्यसबेला अध्यक्ष प्रचण्डले अध्यादेशको विरोध गर्दै फिर्ता हुनैपर्ने अडान लिएका थिए। अन्य केही नेताले भने आफूलाई तटस्थ राख्न खोजेका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












