आज पनि देशभर बदली, हावाहुरी/चट्याङ/वर्षाको सम्भावना
काठमाडाैँ । आज (सोमबार) पनि देशैभर मौसम बदली भएको र हावाहुरी/चट्याङ/असिनासहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
तसर्थ विशेषगरी हावाहुरी, चट्याङ र असिनाबाट सतर्क रहन मौसमविद्ले सबैलाई आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बिहानैदेखि देशैभर मौसम बदली भएको छ र आज दिनभर मौसम यस्तै रहनेछ।
‘बीच-बीचमा घाम लागे पनि पुनः बदली हुने र पानी पर्ने क्रम जारी रहने देखिएको छ,’ उनले भनिन्, वर्षा हल्कादेखि मध्यमसम्म हुने सम्भावना छ।’
उनका अनुसार पश्चिमदेखि मध्यम क्षेत्रसम्म बादल बनिसकेको अवस्था छ। अब कुनै पनि बेला हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ।
‘अरू दुई/तीन दिन मौसम यस्तै रहने देखिएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यसैकारण वर्षा भएका बेला हावाहुरी, चट्याङ र असिनाबाट जोगिन जरुरी छ।’
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–
‘पश्चिमी भूभागका अधिकांश स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
माैसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पूर्वी भू-भागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाे छ।
यसैकारण नेपालमा केही दिनदेखि हावाहुरी, चट्याङ र असिनासहितकाे वर्षा भइरहेकाे हाे।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा २.६ मिलिमिटर वर्षा भएकाे माैसमविद् मानन्धरले जानकारी दिइन्। अन्य ठाउँकाे विवरण भने आउन बाँकी रहेकाे उनले बताइन्।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











