सचिवालय बैठक बोलाउन ओली सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी सचिवालय बैठक बोलाउन सकारात्मक भएका छन् ।
मंगलबार दिउँसो बालुवाटारमा भएको छलफलमा ओली र दाहालबीच सचिवालय बैठक बोलाउन सहमति भएको स्रोतले बतायो।
नेकपा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गर्दे आएका थिए। तर, अध्यादेश प्रकरणपछि दबाबमा परेका ओलीले यसलाई आलटाल गर्दै आए पनि मंगलबार दाहालसँगको भेटमा बैठक बोलाउन सकरात्मक भएका हुन्।
पार्टीका बरिष्ठ नेता झलनाथ खनालले बुधबार वा बिहीबारमा सचिवालय बैठक बस्ने बताए। ‘प्रधानमन्त्रीज्यूलाई भोली फुर्सद भए भोली नत्र पर्सी बैठक बस्छ। अब हामी उहाँलाई पर्खेर जाने पक्षमा छौं,’खनालले कान्तिपुरसँग भने।
सोमबार ओली र नेपाल समूहका नेताहरुबीचको वार्तामा मंगलबार नै बैठक बोलाउने समझदारी भएको थियो। तर, ओली र दाहालबीच भेटवार्ता तय भएपछि मंगलबारको बैठक बसेन। बुधबारका लागि अध्यक्षद्वय सकारात्मक भएका हुन्।
मंगलबार बालुवाटारमा भएको भेटमा ओली र दाहालले आ–आफ्ना अडान राखेको र बैठक बोलाउनेबाहेक अन्य राजनीतिक र शक्ति बाँडफाँडका मुद्दाचाहिँ कुनै सहमति नभएको स्रोतले बताएको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












