बहुमतसिद्ध गर्न सुरु गरीएको हस्ताक्षरको कुनै अर्थः रामकुमारी झाँक्री
काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की युवा नेता रामकुमारी झाँक्रिले बहुमतसिद्ध गर्न सुरु भएको हस्ताक्षरको कुनै अर्थ नभएको बताएकी छन् ।
आरोप पत्यारोपका बीच प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना पक्षका सांसदको हस्ताक्षर संकलन सुरु भएको छन् ।
नेकपाकी युवा नेता तथा सांसद रामकुमारी झाँक्रीले भने अहिले सुरु भएको हस्ताक्षरको कुनै अर्थ नभएको बताएकी छन् । ‘यदि प्रधानमन्त्रीको संसदीय दलमा बहुमत छ भने संसदीय दलको बैठक बोलाएर बहुमत देखाए भैहाल्यो नि किन हस्ताक्षरको नाटक गर्नु’ उनले भनिन् ।
प्रधानमन्त्री ओलीले आफूनिकट संघीय संसदका सांसद र राष्ट्रियसभाका सांसदको हस्ताक्षर गराएका छन् आज प्रधानमन्त्रीले गराएको हस्ताक्षर अभियानको विधिविपरीत भएकाले कुनै अर्थ नभएको झाँक्रीको जिकिर छ ।
‘यदि पार्टीको नीतिअनुसार सरकार चलेन भने अर्को पक्षले हो हस्ताक्षर गर्ने’ उनले भनिन्, ‘तर, यहाँ त उल्टो भएको छ । सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीले बालुवाटार बोलाएर हस्ताक्षर गराउँदै हुनुहुन्छ । जुन विधि अनुकूल छैन ।’
उनका अनुसार प्रधानमन्त्री चुन्ने संघीय सांसदले हो राष्ट्रिय सभाले होइन । यसकारण जम्मै सांसदको हस्ताक्षर गराएर कुनै अर्थ छैन । ‘प्रधानमन्त्रीले संसद विघटन गर्दा सांसदले हस्ताक्षर गर्ने हो । यो एक चौथाइले गर्नु पर्ने हस्ताक्षर हो’ उनले भनिन्, ‘अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने अवस्था छैन । त्यसकारण अहिलेको हस्ताक्षरको कुनै अर्थ छैन ।’
उनले प्रचण्ड, नेपाल समूहले अहिलेसम्म हस्ताक्षर अभियान संचालन नगरेको बताइन् । ‘यो हल्ला हो । हामी त्यसै बहुमत छौँ । उनीहरूको ६४ जना सांसद छन् । हाम्रोमा ११० जना सांसद छौँ । अनि किन हस्ताक्षर गर्नु’ उनले भनिन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












