‘ओलीले आज म बोल्दिनँ प्रचण्डजी बोल्नुस्’ भनेपछी तपाईंले पार्टी फुटाउन खोज्नुभो !
काठमाडौं । बुधबार बेलुका ५ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको बैठक साढे ५ बजे सुरु भयो ।
अध्यादेश प्रकरणपछि चर्किएको विवादले पार्टीमा उत्पन्न तरंगपछि यो बैठकलाई निकै चासोको साथ हेरिएको थियो । तर, बाहिर जेजस्ता चर्चा र अड्कलवाजी भए बैठकहलमा भने भिन्नै माहोल सिर्जना भयो ।
‘आज म बोल्दिनँ प्रचण्डजी बोल्नुस्’ बैठकको सुरुमै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अर्का कार्यकारी अध्यक्ष प्रचण्डलाई बोल्न सिफारिस गरे । किनभने ओलीले आफूविरुद्ध मोर्चाबन्दी भएको थाहा पाइसकेका थिए ।
ओलीको प्रस्तावअनुसार प्रचण्डले बैठकमा आफ्ना कुरा राख्न थाले । सुरुमा नम्र शैलीमा बोल्न सुरु गरेका प्रचण्ड बोल्दा बोल्दै आक्रमक बन्न पुगे ।
‘केन्द्रीय कमिटीबाटै तपाईं पार्टी फुटाउन लाग्नुभयो । आफू पक्षीय भेला बोलाउने गर्नुभयो । यो तरिका ठिक भएन । तपाईं ली कुआन र महाथीर बन्छु भन्नुहुन्छ तर व्यवहार ठिक उल्टो भएकाले तपाई केही पनि बन्नुहुन्न’, ओलीलाई चुनौति दिँदै प्रचण्डले भने ‘अब राजीनामा दिएर पार्टी एकतालाई अक्षुण राख्नुस् ।’
प्रचण्ड बोलेपछि फेरि ओलीले प्रचण्डलाई जवाफ दिए । ‘अहिले म राजीनामा दिन्नँ । कोरोनाको समय छ । सकिएपछि बरु बामदेवजीलाई कतैबाट चुनाव गराउँला र प्रधानमनत्री बनाउँला । त्यतिभए उहाँको पनि इच्छा पूरा हुन्छ । माधवजीले पनि धेरै रहर गर्नुभा’छ उहाँलाई तेस्रो अध्यक्ष बनाउन पनि म नै पहल गर्छु, बन्नुपनि हुन्छ ।’
ओलीले यसो भन्दा बैठकको माहोल बदलिसकेको थियो । ओलीबाट यस्तो प्रस्ताव आउला भन्ने कुनैपनि सदस्यले सोचेका थिएनन् । कतिले ओलीको यो प्रस्तावलाई व्यङ्ग्यका रुपमा पनि बुझे ।
ओलीको प्रस्ताव सुनेपछि वामदेव दंग परिसकेका थिए । त्यसपछि बोल्ने पालो आयो महासचिव विष्णु पौडेलको । पौडेलले प्रधानमन्त्री ओलीको प्रस्ताव राम्रो भन्दै यसैबाट निकास निस्कने धारणा राखे ।
तर पौडेल बोल्दाबोल्दै वरिष्ठ नेता झलनाथ खनाल कड्किए । ‘यसरी हुँदैन । स्थायी समिति बोलाउनै पर्छ । प्रधानमन्त्रीले राजीनामा दिनैपर्छ,’ झलनाथको चर्को स्वर सुनेपछि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलले त्यसको प्रतिवाद गरे ।
‘अहिले प्रधानमन्त्रीको राजीनामा नमागौं । अरु विषयमा सहमति खोजौं’, प्रतिरक्षात्मक शैलीमा बादलको प्रस्तुति थियो ।
त्यसपछि बोल्ने पालो आयो उपप्रधानमन्त्री समेत रहेका इश्वर पोखरेलको । पोखरेलले पनि प्रधानमन्त्री ओलीको प्रस्ताव धेरै राम्रो भन्दै समर्थन जनाए । पोखरेलपछि बोलेका माधव नेपालले पनि प्रचण्डको भनाइप्रति समर्थन जनाए । ‘यस्ता कुराले टुंगोमा पुग्न सकिँदैन । धेरै साथीहरुको स्थायी कमिटी बैठकको माग पनि छ । यो प्रक्रिया र विधिसम्मत पनि हुन्छ । सवै कुरा त्यहीँबाट टुंग्याउँ’, उनले भनेका थिए ।
जबकी प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नै आनाकानी गरिरहेका बेला प्रधानमन्त्रीको नै प्रस्ताव गर्न पुगेपछि एकछिन बैठकमा सन्नाटा नै छायो । एक सचिवालय सदस्य भन्छन्, ‘ओलीले ब्यङ्ग्य गरेका हुन् वा साँच्चै भनेका हुन् बुझ्न नै सकिएन ।’
यस्तै बैठकमा प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले भने पार्टी एकतालाई मजबुत बनाउनलाई पार्टीभित्र व्यापक छलफल जरुरी रहेको धारणा राखे ।
गत फागुन १४ गते बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयप्रति प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली सन्तुष्ट थिएनन् । जसले गर्दा मन्त्रिपरिषद् बैठकबाट गौतमको नाम राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस भएको छैन । अरु त्यहीबीचमा राष्ट्रियसभा सदस्यका अर्का आकांक्षी युवराज खतिवडालाई अर्थमन्त्री बनाए ।
त्यसयता सचिवालयले गरेको निर्णयलाई ओलीले अस्वीकार गरेको भन्दै नेकपाभित्र उनको स्वेच्छाचारीविरुद्ध मोर्चाबन्दी सुरु भएको थियो ।
यसैक्रममा पार्टीको निर्देशन नमानेको भन्दै प्रधानमन्त्री ओलीको चर्को विरोध भइरहेका सन्दर्भमा पछिल्लो पटक बैशाख ८ सरकारले ल्याएको अध्यादेशपछि त उनको राजीनामा नै माग्न थालियो ।
चौतर्फी अध्यादेशको विरोधपछि वैशाख १२ गते अध्यादेश फिर्तासँगै खारेज त भयो तर नेकपाभित्रको विवाद साम्य हुनुुको साटो बढ्दै गयो । यही विवादले पार्टी नै फुट्नसक्ने अड्कलवबजी भइरहेका बेला बुधबार बसेको सचिवालय बैठकमा ओलीको प्रस्तावले नेकपाको आन्तरिक राजनीतिमा नयाँ ट्वीस्ट गराएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












