सरकारलाई राजश्व बुझाउने अवधि जेठ २५ सम्म थपियाे
काठमाडौं । सरकारले कोभिड–१९ का कारण प्रभावित क्षेत्रहरूका लागि राहत, करछुट तथा विभिन्न सुविधा ल्याएको छ ।
सरकारले असंगठित क्षेत्रका दैनिक ज्यालादारी श्रमिक मजदुरलाई स्थानीय तहमा स्थानीय तह वा प्रदेश वा संघीय कार्यालयबाट सम्पादन हुने सार्वजनिक काममा लगाउने, यसरी काम वा श्रम गराउँदा निजहरूलाई दैनिक ज्याला वा खाद्यान्नका रूपमा उपलब्ध गराउनुपर्ने जनाएको छ ।
काममा नआउने वा नचाहने व्यक्ति राहत माग गर्न आएमा काममा आउने व्यक्तिले पाएको पारिश्रमिकको २५ प्रतिशतले हुन आउने र प्रक्रिया तयार गरी कार्यान्वयन गर्ने र सोका लागि आवश्यक सहजीकरण र समन्वय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनुपर्ने जनाएको छ ।
यस्तै औपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूलाई रोजगारदाताले वैशाख महिनाको पारिश्रमिकको ५० प्रतिशतले हुन आउने रकम तत्काल उपलब्ध गराई बाँकी ५० प्रतिशत रकम व्यवसाय सुचारु भएपछि क्रमशः भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने जनाएको छ ।
यस प्रयोजनका लागि समेत उद्योगहरूलाई तरलताको अभाव भएमा बैंक तथा वित्तीय संस्थामार्फत् सहुलियत दरमा कर्जा उपलब्ध गराउने र यसमा पुनर्कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था राष्ट्र बैंकले गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
पूर्ण रूपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरूले आफ्ना दैनिक वा मासिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई २०७७ वैशाख महिनाको तलबको ५० प्रतिशत सम्बन्धित उद्योगले उपलब्ध गराउने र बाँकी ५० प्रतिशत तलब वा ज्याला भुक्तानी गर्न आवश्यक पर्ने रकम अभाव भएमा त्यस्ता व्यवसायीलाई सोही प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकलाई मिलाउन भनिएको छ ।
यस प्रयोजनका लागि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने जनाइएको छ ।
अर्थ मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग संस्थानले चामल, पिठो, दाल, नुन, चिनी, खाने तेललगायतका खाद्य सामग्रीको हाल कामय रहेको मूल्यमा १० प्रतिशत छुट दिई बिक्री वितरण गर्ने व्यवस्थालाई लकडाउनको अवधिसम्म निरन्तरता दिन भनिएको छ ।
यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने कार्यलाई निरन्तरता दिने साथै निजी सेवा प्रदायकले समेत यस्तो छुट दिने व्यवस्था मिलाउन भनिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मासिक १ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने कार्यलाई निरन्तरता दिने व्यवस्था मिलाउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
भागभन्दा बढी उत्पादन भई बचत हुने विद्युत् प्राधिकरणले तोकेको अवधि र समयसम्म उपयोग गर्ने उत्पादनमुलक उद्योग प्रतिष्ठानहरूलाई सो अवधिमा खपत गरिएको विद्युत् महसुलमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थालाई लकडाउनको अवधिभर निरन्तरता दिने भनिएको छ ।
अर्थ मन्त्रालयले कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म थप गर्ने निर्णय गरेको पनि जनाएको छ । अर्थले विद्यमान पुनर्कर्जा प्रदान गर्ने क्षमतालाई विस्तार गरी १ खर्ब पु¥याउन र पुनर्कर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्यवस्था राष्ट्र बैंकलाई मिलाउन भनिएको छ ।
बैंक तथा वित्तीय संस्थाका कोरोनाबाट प्रभावित ऋणीले २०७६ चैत्र र २०७७ वैशाखसम्म तिर्नुपर्ने साँवा तथा ब्याजको भुक्तानी गर्नुपर्ने अवधि औचित्यका आधारमा बनाउने व्यवस्था मिलाउन भनेको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












