ओलीको पद जोगाउन नेपालले तेस्रो अध्यक्ष नलिने
काठमाडाैँ । बिहीबार प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो । भेटमा पनि नेता नेपालले स्पष्टसँग आफ्नो अडान राखेको ती नेताको दाबी छ ।
“पार्टीभित्रको मुख्य समस्या भनेकै ओलीमा शक्ति केन्द्रीकरण भयो । सबै शक्ति आफ्नो मुट्ठिमा लिएर उहाँले पार्टी निर्णयको पालना गर्न छाड्नुभयो ।
पार्टीलाई नसोधी, जानकारी नै नदिई अध्यादेश ल्याउने गर्न थाल्नुभयो । पार्टी भनेको मै हुँ र म नै पार्टी हुँ जस्तो गर्नुभयो । जबकि, अहिलको पार्टीभित्रको शक्ति समीकरण, सन्तुलनको अवस्था त्यो होइन,” नेपाल निकट नेताले आफ्नो समूहको बटम लाइन बाह्रखरीसँग दोहोर्याए, “अहिले हामीले झलनाथ खनाल या अरू नेताले भनेजस्तो केपी ओलीलाई दुवै पदबाट बिदा गर्नुपर्छ भनेका छैनौं । प्रधानमन्त्रीबाट उहाँको बहिर्गमन हाम्रो बटम लाइन हो । ओलीले केन्द्रीकृत गरेको शक्ति पार्टीमा फिर्ता ल्याउनुपर्छ ।”
प्रधानमन्त्रीमा आफू कायमै रहने र नेताहरूको व्यवस्थापन भयो भन्ने सन्देश प्रवाह गर्न ओलीले तेस्रो अध्यक्षको प्रस्ताव ल्याएको नेपालको बुझाइ छ ।
“आफैंले चेयर (अध्यक्षता) गरेको बैठकमा म राजीनामा दिन तयार छु भनेपछि प्रधानमन्त्रीमा निरन्तरता दिने राजनीतिक वैधता उहाँमा छैन । राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास, प्रयोगका दृष्टिले पनि बुझिएको कुरा के हो भने केपी शर्मा ओली बर्हिगमन हुँदै प्रधानमन्त्री हो । यसर्थ भोलिको बैठकमै सबैकुरा टुङ्गो लाग्नेछ,” नेपाल निकट नेताले भन्छन् ।
वामदेवलाई प्रधानमन्त्री स्वीकार्ने पक्षमा भने गठबन्धनमा एक मत छ । नेपाल पक्ष पनि त्यसमा राजी छ ।
“वामदेव त्याग र सङ्घर्ष गरेरै यहाँसम्म आइपुग्नुभएको नेता हो । उहाँलाई प्रधानमन्त्री स्वीकार्ने सबालमा अरू नेताबीच विमति छैन । प्रधानमन्त्रीले असल मनसायले प्रस्ताव ल्याउनुभएको हो भने भोलिको बैठकमा थप प्रकाश पार्नु होला– कुन क्षेत्र खाली गर्ने ? कहिलेसम्म निर्वाचन गर्ने ?” नेपाल समूह भन्छ, “मूर्त प्रस्ताव आयो भने हामीलाई पनि वामदेवलाई प्रधानमन्त्री स्वीकार्न कुनै कठिनाइ छैन ।”
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












