नेकपा सचिवालय बैठक एकघण्टा पछि सर्यो
काठमाडाैँ । शनिबार अपरान्ह ४ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अपरान्ह ५:३० बजे बस्ने भएको छ।
प्रधानमन्त्रीको व्यस्तताले गर्दा बैठक सारिएको बालुवाटार स्रोतले बतायो।
उक्त बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ।
नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट मार्गप्रशस्त गरिदिन आग्रह गरेपछि विवाद छ।
विवाद बढेपछि गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव अघि सारेका थिए।
उक्त प्रस्तावपछि स्थगित सचिवालय बैठक आज बस्न लागेको हो। प्रधानमन्त्रीको प्रस्तावपछि प्रचण्ड-नेपालले आफूपक्षका स्थायी कमिटी सदस्यसँग यसबीचमा छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीले पनि आफू पक्षका स्थायी कमिटी सदस्यसँगको भेटघाटलाई तीव्रता दिएको स्रोतको दावी छ।
प्रचण्ड-नेपाल पक्षले आजको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने ठोस योजना प्रधानमन्त्री ओलीसँग माग्ने तयारी गरेका छन्।
यो प्रस्तावमा प्रधानमन्त्री ओली सकरात्मक देखिने उनीहरूको अपेक्षा छ। गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड-नेपाल पक्षकै भएकोले यसलाई सबैले स्वीकार्ने प्रधानमन्त्री ओली पक्षको भनाइ छ।
गौतम सांसद छैनन्। गत निर्वाचनमा उनी बर्दियाबाट पराजित हुन्। यस्तो अवस्थामा गौतम कसरी प्रधानमन्त्री हुन सक्छन्? नेकपा नेताहरूले यसका केही विकल्पहरू देखाएका छन्।
जस्तै, बहालवाला एक सांसदले राजिनामा दिने। रिक्त भएको ठाउँमा उपनिर्वाचन गरी गौतमलाई उम्मेदवार बनाएर जिताएर ल्याउने। अर्को पनि विकल्प उनीहरूले देखाएका छन्। त्यो राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गर्ने।
राष्ट्रिय सभामा अहिले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सांसद रिक्त छन्। सचिवालय बैठकले यसअघि गौतमलाई उक्त पदमा पठाउने निर्णय गरे पनि लागू भएको छैन।
राष्ट्रिय सभा सांसद बनाएर पनि प्रधानमन्त्री बन्ने बाटो गौतमका लागि खुल्दैन। किनभने राष्ट्रिय सभा सांसद प्रधानमन्त्री हुन पाउँदैनन्। यसका लागि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ।
नेकपाले चाहेर मात्रै संविधान संशोधन हुँदैन। संशोधनका लागि दुइतिहाइ मत चाहिन्छ जुन नेकपासँग छैन। आज सचिवालय बैठक बस्नु अघि दुबै पक्षले आन्तरिक छलफललाई तीव्रता दिएका छन्
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












