उच्चस्तरीय समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने
काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार पनि बस्दैछ।
लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न समितिको बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्। लकडाउन लम्बिँदै गर्दा संकटपूर्ण अवस्था उत्पन्न भइरहेको अवस्थामा प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी भएर छलफल गर्ने भएका हुन्।
प्रधानमन्त्रीले पनि लकडाउनको अहिलेसम्मको अवस्थाबारेमा धारणा राखेपछि सरकारले थप निर्णय गर्ने भएको छ। लकडाउनको म्याद सकिँदै गर्दा कोरोना संक्रमितको संख्या अचानक थपिएपछि लकडाउनको पनि म्याद थप्ने तयारी सरकारले गरेको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरुले सरकारलाई तत्काल लकडाउन खुकुलो नपार्न सुझाव दिएका छन्। सरकारले लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै रेड, एल्लो र ग्रिन जोन घोषणाको तयारी गरेको छ।
जसअनुसार कोरोना फैलिएको क्षेत्रलाई रेड जोनमा राखिने छ भने रेड जोनको सीमा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ। कोरोना नदेखिएका र हालसम्म सुरक्षित मानिएका क्षेत्रलाई ग्रीन जोनमा राखेर त्यही अनुसार लकडाउन खुकुलो बनाइने भएको छ। यसअघि काठमाडौं उपत्यकामा लकडाउनलाई केही खुकुलो बनाउने सरकारको मनिस्थिति रहे पनि जोखिम बढ्ने देखिएपछि तत्काललाई लकडाउन थप कडा बनाएर कार्यान्वयन गर्न सरकारमाथि दबाब बढेको छ।
चौथो पटक थप गरेको लकडाउनको म्याद पर्सि २५ गते सकिँदैछ। हिजोको बैठकले लकडाउनका विषयमा आन्तरिक गृहकार्यबारे छलफल गरेको र आजको बैठकले लकडाउनको मोडालिटीका विषयमा मस्यौदा तयार गरी सरकारलाई दिने उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण विडारीले बताए। उच्चस्तरीय समितिले गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन पनि दिएको छ। मन्त्रालयहरुले पेश गर्ने खाकाको आधारमा समितिले मन्त्रिपरिषदमा सुझाव पेश गर्ने बताइएको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












