लिपुलेक हाम्रो हो, चीन र भारतसँग वार्ता गरी समाधान गर्नुपर्छ : देउवा
काठमाडौं ।नेपालीका कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवै देशसँग वार्ता गरी सीमा समस्याको समाधान खोज्न सरकारलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले सरकारले नेपाली भूमि विवादित नभएको, भारतले अतिक्रमण गरेको प्रष्ट पार्दै तत्काल भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने बताएका छन् ।
उनले बैठकबाट बाहिर निस्किएर सञ्चारकर्मीसँग कुरा गर्दै भने, “काली नदी वारीको भूभाग नेपालकै हो । तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ । त्यहाँ पहिलेदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ ।”
त्यसैगरी सभापति देउवाले लिपुलेकमा नेपाललाई बाहिर राखेर भारत-चीनबीच व्यापरिक नाका बनाउने सम्झौता भएकोमा चीन र भारत दुबैसँग संवादमार्फत यो समस्या समाधान गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
उनले भने, “सरकारले लिपुलेकका विषयमा चीन र भारत दुबैलाई राखेर संवादमार्फत समस्या समाधान गर्नुपर्छ ।”
‘विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याऊँ’
कांग्रेसका सभापति देउवाले नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गराउन सरकालाई आग्रह गरेका छन् ।
बैठकबाट बाहिर निस्किएका कांग्रेस सभापति देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “लाखौं नेपालीहरु विदेशमा छन् । त्यहाँ कोरोना संक्रमणबो दर बढिरहेको छ भने लाखौंको रोजगारी गुमेको अवस्था छ । त्यहाँ नेपालीहरु रोजगारी गुमेका कारण अलपत्र परेका छन् । विदेशमा अलपत्र परेका सबै नागरिकलाई तत्काल स्वदेश ल्याएर क्वारेन्टाइनमा राखिनुपर्छ ।”
उनले नेपालीहरुलाई फिर्ता गरेर स्वदेशमै काममा लगाउने उपयुक्त अवसर भएकोसमेत बताएका छन् ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











