ओली-प्रचण्डले भनेः मदन भण्डारीको विचारले नेपालमा कम्युनिष्ट शक्ति सर्वाधिक लोकप्रिय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने उद्घोष गरेका छन् ।
२०५० जेठ एमालेको तत्काली पार्टी महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित दासढुङ्गामा रहस्यमय दुर्घटनामा परि मृत्युवरण गरेका थिए ।
तर, नेकपाका कार्यकर्ताहरू यसलाई दुर्घटना मान्न तयार छैनन् । हत्या मान्दै आएका छन् ।
पार्टी एकताको दोस्रो वर्षगाँठको अवसरमा वक्तव्य जारी गर्दै अध्यक्षद्वयले यथार्थको गहिरो अन्वेषण गरी सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता गरेका हुन् ।
“दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद् निधन भएको आज २७ वर्ष बितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटनामा मान्न तयार छैनन् । उनीहरू मध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरूद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् । २७ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ,” अध्यक्षद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तत्कालीन सरकारले गठन गरेको आयोग र त्यसको प्रतिवेदनलाई चित्त नबुझाउँदै त्यतिबेला एमालेले केपी ओलीको नेतृत्वमा एक सदस्यीय आयोग पनि गठन गरेको थियो । त्यो पनि आयोगले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै पूर्वएमाले र अहिलेका नेकपा कार्यकर्ताले नै गुनासो गर्दै आएका छन् ।
मदन–आश्रितको सम्झनामा आजको दिन नेकपाले विविध कार्यक्रम गर्दै आएको छ । हिजैमात्र सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाउने कार्यक्रम प्रस्तुत गरेको छ ।
मदन–आश्रित स्मृति दिवसकै दिन पारेर दुईवर्षअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












