भारतीय विस्तारवादले हाम्रो सार्वभाैमिकता सामु घुँडा टेक्ने निश्चित छः युवा नेता सेर्पाली
हाम्रो देशको संचारमाध्यामका ठालु कहलाउँदा केही संचार गृहहरु राष्ट्रियताको मामलामा कीन मौन ?
काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा नेता तथा प्रदेश नं ५ नेकपा प्रदेश कमिटी सदस्य सुवोधराज सेर्पालीले राष्ट्रियताको पक्षमा हिम्मतका साथ आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ ।
युवा नेता सेर्पालीले सामाजिक सन्जाल फेसबुका स्टाटस लेख्दै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको राष्ट्रियतामाथी भारतीय मिडियाहरु सम्पूर्ण बल लगाएर धावा बोलिरहेको बेला हाम्रो देशको संचारमाध्यामका ठालु कहलाउँदा केही संचार गृहहरु भने मौन बस्नु आपत्तिजनक हो ।
उनले भने यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) र सरकारले चालेको राष्ट्रियताको पक्षमा ऐतिहासिक कदम भएकोले आमनागरिकको साथ जरुरी चाहिएको छ । । यतिबेला हिम्मतकासाथ सरकारले सत्यको वकालत गरेको छ एक प्रकारले आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ । सबैखाले परिस्थिति झेल्नका लागि । सँगसँगै हाम्रो सामु सुनौलो अवसर पनि आएक छ कि आफुलाई शक्तिशाली नेपालीको हैसियतमा प्रमाणित गर्ने बेला आएको छ । देशको स्वाधिनता र स्वाभिमानका लागि सबै एकढिक्का बनेर यो लडाइ जित्ने । विस्तारबादले हाम्रो सामु घुँडा टेक्ने कुरा निश्चित छ ।
सामाजीक सञ्जालमा पोष्ट गरेको विचार जस्ताको तस्तैः
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको राष्ट्रियतामाथी भारतीय मिडियाहरु सम्पूर्ण बल लगाएर धावा बोलिरहेको बेला हाम्रो देशको संचारमाध्यामका ठालु कहलाउँदा केही संचार गृहहरु भने मौन छन् । मानौँ कि भारत उनीहरुको भकारी हो उ अहिले शोकमा दुबेको छ त्यसैले मौन बसेर नै उसको साथ दिएको झैँ गरेर । यो बेला मौन हैन नेपालका मुद्दा लाई विश्वसामु प्रभाबकारी रूपमा प्रस्तुत गर्ने बेला हो । त्यसैले खबरदारी गरौं यो बेला देशको पक्षमा नबोल्ने नउभिने चाहे मिडीया हुन् चाहे राजनितीक नेतृत्व हुन् वा संघ संस्थाहरु हुन् सबैको पुस्तौ पुग्नेगरी हिसाब राखौं । हुनत यतिबेला भारत आफैले यो मुद्दालाई सकारात्मक वा नकारात्मक ढंगले अन्तरास्ट्रियकरण गरिसकेको छ । भारतले बुझे हुन्छ हामीलाई कसैको हस्तक्षेप स्वीकार छैन नकी कसैको हैकम वा इसारा । हामी आफैमा सहि छौं । भारत नेपाली सँग डराएको छ, सत्तारुढ (नेकपा) सँग डराएको छ अनि नेपाल सरकारको निर्णयसँग डराएको छ । जेहोस इतिहास फर्केर हेर्न बाध्य भएको छ । सरकारको कदममा नागरिकको साथ जरुरी चाहिएको छ । यतिबेला हिम्मतकासाथ सरकारले सत्यको वकालत गरेको छ एक प्रकारले आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ । सबैखाले परिस्थिति झेल्नका लागि । सँगसँगै हाम्रो सामु सुनौलो अवसर पनि आएक छ कि आफुलाई शक्तिशाली नेपालीको हैसियतमा प्रमाणित गर्ने बेला आएको छ । देशको स्वाधिनता र स्वाभिमानका लागि सबै एकढिक्का बनेर यो लडाइ जित्ने । विस्तारबादले हाम्रो सामु घुँडा टेक्ने कुरा निश्चित छ ।#लिलिका_हाम्रो_हो
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












