पाम आयलपछि भारतले चिया निर्यात पनि रोक्यो
काठमाडौं । दुई पक्षीय सम्झौता विपरित भारतले नेपाली चियामा रोक लगाएको छ।
लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट हुने समझदारी भए पनि भारतले नेपालमा उत्पादिन चिया निकासीमा रोक लगाएको हो।
यस सम्बन्धमा पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्रमन्त्रालयलाई पत्र काटेको छ ।
‘नेपालबाट विगतदेखि भारततर्फ निकासी हुँदै आएको नेपालमा उत्पादिन चिया कोभिड–१९ को कारण दुवै देशमा बन्दाबन्दी गरिएको वर्तमान अवस्थामा विभिन्न वाहना देखाई भारतीय भन्सारमा रोकिएको हुँदा समस्या उत्पन्न भएको भनी राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आवश्यक सहजीकरणको लागि अनुरोध भइ आएको छ’, पत्रमा भनिएको छ, ‘बन्दाबन्दीको विषम परिस्थितिमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुहरुको आयात निर्यातमा कुनै रोकावट नहुने समझदारी अनुरुप भारतबाट नेपालतर्फ भारतीय वस्तुहरु नियमित आयामत भइरहेको तर नेपालमा उत्पादिन चियाको हकमा भारततर्फको निकासीमा समस्या देखिएको बुझिन आएकोले नेपालमा उत्पादित चियाको भारतमा हुँदै आएको निकासीमा देखिएको अवरोध हटाउने व्यवस्थाका लागि त्यहाँमार्फत् भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिने व्यवस्थाका लागि नेपाल सरकार (सचिवस्तर)को मिति २०७७/२/१ को निर्णयअनुसार अनुरोध छ।’
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












