कांग्रेसले बोलायो कार्य समितिको बैठकः संविधान संशोधनमा आधिकारिक धारणा बनाउने
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार जे १७ गते दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपास्थित बीपी स्मृति भवनमा बैठक बोलाइएको हो।
प्रवक्ता शर्माका अनुसार उक्त बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा छलफल हुनेछ। यही मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे केन्द्रीय कार्यसमिति बैठकबाट आधिकारिक धारणा बनाउने बताएका थिए। त्यसपछि बुधबार संसदमा अघि बढाउने भनिएको संविधान संशोधन प्रस्ताव रोकिएको थियो।
त्यसपछि कांग्रेस र नेकपाबीच तीव्र मतभेद र आरोप प्रत्यारोप चलिहेको छ। कांग्रेसमाथि भारतको दबाबमा पछि हटेको आरोप लागिरहेको छ। उता सरकारले पनि भारतकै दबाबका कारण डराएर संविधान संशोधन प्रस्ताव अघि नबढाएको आरोप कांग्रेसले लगाएको छ। यस्तोमा भारतीय सञ्चारमाध्यमले भारतको कूटनीतिक दबाबका कारण नेपालको नयाँ नक्सा तत्काललाई तुहिएको समाचार बुधबारदेखि निरन्तर प्रकाशन/प्रसारण गरिरहेका छन्।
भारतले हडपेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर जारी गरिएको नयाँ नक्सालाई संसदबाट सर्वसम्मत पारित गराउने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन्। कांग्रेसले पनि त्यसमा सहमत रहेको जनाएको त छ तर केन्द्रीय समितिबाट आधिकारिक धारणा बनाउने भनेपछि सरकारले प्रस्ताव अघि बढाएको छैन।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











