एमसीसीबारे ब्याक नभए पुनः ओलीविरुद्ध मोर्चाबन्दीको तयारी
काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७७–७८ को बजेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) घुसाइएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बढेको छ ।
९ सदस्सीय नेकपाभित्र बहुमत सदस्य एमसीसीको विपक्षमा रहेका छन् । पार्टीभित्रै विवादित बनेको एमसीसीबारे कुनै छलफल नगरी बजेटमा समावेश गरेको भन्दै एमसीसीको विपक्षमा रहेका सचिवालय सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् ।
एमसीसी मुलुकको हितमा नरहेको र कुनैपनि बाहनामा त्यसलाई नेपालमा भित्र्याउन दिन नहुने तर्क उनीहरुको छ ।
पार्टीभित्र विवाद रहकै सन्दर्भमा एमसीसी बजेटमा घुसाइएप्रति आपत्ति जनाउँदै वरिष्ठ नेता झलनाथ खनालले शनिबारको सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने रातोपाटीलाई बताए । उनले बजेटमा एमसीसीको कुरा जोडेको प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरिने समेत बताए ।
एमसीसीबारे ब्याक नभए पुनः ओलीविरुद्ध मोर्चाबन्दीको तयारी समेत पार्टीभित्र सुरु भएको छ ।
त्यसका लागि असन्तुष्ट नेताहरुबीच अनौपचारिक छलफल सुरु भइसकेको एक नेताले बताए । ९ सदस्सीय सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलमात्रै एमसीसीको पक्षमा रहेको बताइन्छ ।
बजेटमा एमसीसी घुसाइएको बारे नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले समेत शुक्रबारको भेटमा प्रधानमन्त्रीसँग असन्तुष्टि जनाएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डकै चाहनामा शनिबारका लागि सचिवालय बैठक बोलाइएको बताइएको छ ।
यसअघि नेकपाभित्र एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय समिति बैठकबाठ सोबारे अध्ययन गर्न झलनाथ खनाल, भीम रावल र प्रदीप कुमार ज्ञवाली सम्मिलित एक कार्यदल गठन भएको थियो ।
सो कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो । यस्तै नेपालको राष्ट्रिय सुरक्षाका विषयहरूलाई गम्भीर रूपमा सम्बोधन गर्न संशोधनको आवश्यकता रहेको पनि ठहर गरिएको थियो ।
तर सो प्रतिवेदनको सुझाव र हाल पार्टीभित्र नै यसबारे एकमत नरहेको अवस्थामा बजेटमा एमसीसी घुसाइएपछि नेकपाभित्र हलचल मच्चिएको हो ।
अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट भाषणमा एमसीसीबारे जिकिर नगरे पनि अनुदानबारे अनुसूचीमा यसलाई समावेश गरेको पाइएपछि हलचल मच्चिएको हो ।
अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ एमसीसी शीर्षकमा राखिएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने जिकिर गरेका थिए ।
सरकारले एमसीसीको विषय आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको थियो । नीति तथा कार्यक्रम ल्याउदा समेत खनाल र रावलले प्रधानमन्त्रीलाई एक पत्र नै लेखेर विरोध जनाएका थिए ।
अध्यादेश प्रकरणबाट सुरु भएको ओलीविरुद्धको मोर्चाबन्दी पछिल्लो घटनाक्रमबाट थप पेचिलो बन्ने संकेत नेताहरुको अभिव्यक्तिबाट देखिएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












