स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना
काठमाडाैँ । सरकारले कोरोाना भाइरस (कोभिड–१९) को विश्वयापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ।
मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी संक्रमणबाट सुरक्षितरूपमा स्वदेश आउने, क्वारेन्टिनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने÷गराउने विषय समेटिएको छ।
कार्ययोजनामा स्वदेश फर्कने नागरिकको व्यवस्थापनका लागि कुन निकायले के काम गर्ने र कसरी सहजीकरण गर्ने भन्ने उल्लेख छ। सरकारले अलपत्र अवस्थामा रहेका भारतबाहेक देशबाट पहिलो चरणमा करिब २५ हजार नागरिक ल्याउने गृहकार्य गरिरहेको छ।
पहिचान र प्राथमिकीकरण परराष्ट्रले गर्ने
तेस्रो मुलुकबाट आउने नेपाली नागरिकको पहिचान, प्राथमिकीकरण, विवरण संकलन गरी सरोकारवाला निकायलाई उपलब्ध गराउने काम परराष्ट्र मन्त्रालयले गर्ने छ। त्यस कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह, प्रदेश सरकार र स्थानीय तहले सहयोग पु¥याउनेछन्।
भारतबाहेक तेस्रो मुलुकबाट आउन उडाउन अनुमति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिने तथा परराष्ट्र र गृह मन्त्रालयले उक्त कार्यमा सहयोग पु¥याउनेछन्। विदेशबाट फर्कनेको होल्डिङ सेन्टर वा विमानस्थलमा स्वास्थ्य स्वघोषणा फाराम भर्न लगाउने र ज्वरो मापनलगायत स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा नेपाली सेना, प्रदेश सरकार र स्थानीय तहले सहयोग पु¥याउने व्यवस्था गरिएको छ। हवाईजहाजबाट आउने व्यक्तिले साथमा लिइ आएको सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्रको जाँच विमानस्थलमा खटिएको चिकित्सक टोलीले गर्नेछ।
मोबाइलको सिमकार्ड निःशुल्क उपलब्ध
विदेशबाट आएर होल्डिङ वा क्वारेन्टिनमा रहने व्यक्तिलाई नेपाल टेलिकम र एनसेलले निःशुल्करूपमा मोबाइलको सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाइने छ। प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टर र क्वारेन्टिनमा पु¥याउन यातायातका साधनको व्यवस्था सेना, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले गर्नेछ।
होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेनाले गर्नेछ भने क्वारेन्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन नेपाली सेनासहितका सुरक्षा सङ्गठन र स्थानीय तहले गर्नेछन्।
क्वारेन्टिनमा लजिष्टिक सपोर्टको व्यवस्था स्थानीय तहले गर्नेछ भने त्यसमा शहरी विकास मन्त्रालय र प्रदेश सरकारले सहयोग पु¥याउनेछन्।
चौध दिन रु १७५ का दरले स्थानीय तहलाई रकम उपलब्ध
स्थानीय तहलाई क्वारेन्टिनको बन्दोबस्ती र त्यहाँ रहँदा खाना खर्चवापत प्रतिदिन प्रतिव्यक्तिवापत रु १७५ का दरले १४ दिनको रकम अर्थ मन्त्रालयबाट निकासा हुने व्यवस्था मिलाइएको उक्त कार्ययोजनामा उल्लेख छ। तेस्रो मुलुकबाट आउने यात्रुले हवाईभाडा र होटल क्वारेन्टिन खर्च स्वयंले व्यहोर्नुपर्ने छ।
क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सुरक्षासम्बन्धी कार्यको व्यवस्थापन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने छ भने समग्र कार्यको सञ्चालन, अनुगमन, नियन्त्रण र निर्देशन कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट जानकारी प्राप्त भएको छ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












