प्रधानमन्त्रीले बालुवाटारमा बोलाए विज्ञलाई, लकडाउनको मोडालिटी फेरिँदै
काठमाडौं । चैत ११ गतेदेखि जारी लकडाउनको अवज्ञा हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्।
लकडाउन अढाई महिना पुग्दै गर्दा जनजीवन संकटग्रस्त भएपछि अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे प्रधानमन्त्री ओलीले बुधबार विज्ञहरुसँग संवाद गर्ने भएका हुन्। प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा छलफल गर्ने गरी विभिन्न क्षेत्रका २५ जना विज्ञलाई बोलाएका छन्। ‘यो छलफलमा अहिलेसम्मको लकडाउनको समीक्षा हुनेछ।
त्यसैगरी लकडाउनले पारेका प्रभाव र आगामी रणनीतिबारेमा प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ’, थापाले थाहाखबरसँग भने, ‘छलफलमा अर्थविद्, स्वास्थ्य क्षेत्रका विज्ञ, सामाजिक अगुवासहितका करिब २५ जनालाई बोलाइएको छ। थापाका अनुसार प्रधानमन्त्रीले लकडाउनको मोडालिटीसहित अहिलेसम्मको अवस्थाबारे पनि विज्ञहरुसँग समीक्षा गर्ने छन्।
‘लकडाउनको मोडालिटीमा पनि छलफल हुनेछ। सरकारले कोरोना संकटविरुद्ध जुध्न नयाँ रणनीति बनाइरहेका बेला विज्ञसँगको छलफलले केही निचोड दिनेछ’, उनले भने, ‘लकडाउनले अर्थतन्त्रमा पारेको प्रभाव, भोलिको जोखिम र असरबारे पनि कुरा हुनेछ। प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा विज्ञ समूहसँग छलफल गर्ने बताउनु भएको थियो। त्यसको सुरुवात भएको छ।’ यो छलफलका लागि डा. लोचन कार्की, स्वर्णि वाग्ले र डा. भगवान् कोइरालासहितलाई बोलाइएको छश। यसअघि नै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको स्वरुप फेर्ने तयारी गरिसकेको छ। गत मन्त्रिपरिषद् बैठकले पनि लकडाउनको स्वरुप फेर्ने जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिलाई दिएको छ।
समितिले विदेशबाट ल्याउने नागरिकका लागि मापदण्ड बनाइसकेको छ भने लकडाउनको मोडालिटी फेर्नेबारे पनि छलफल अघि बढाइहरेको छ। लकडाउनको स्वरुप फेर्ने तयारीसँगै पोखरेल नेतृतवको उच्चस्तरीय समितिले आवश्यक छलफल थालिसकेको छ। केही दिनयता काठमाडौंसहितका व्यापारीहरुले लकडाउनविरुद्ध प्रदर्शन गरिरहेका छन्। बजेटले राहत नदिएको भन्दै असन्तुष्ट रहेका निजी क्षेत्र अब लकडाउन हटाउनै पर्ने अडान लिएका छन्। उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लकडाउन तत्काल हटाउनै पर्ने अडान लिएका छन्। लकडाउन पछिल्लो पटक जेठ ३२ गतेसम्मका लागि थपिएको छ
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












