नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । बजेट पारित गर्ने प्रक्रिया चलिरहँदा सरकारलाई एमसीसी पारित नगर्ने दबाब बढेको छ ।
नेकपाभित्र एमसीसी पारित गर्न नहुने मत बलियो बन्दै गएपछि सरकार अप्ठ्यारोमा परेको हो ।
नीति तथा कार्यक्रम र बजेटको बुँदा नम्बर २११ मा अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनासँग सम्बन्धित कार्यक्रम परेपछि पार्टीले स्पष्टीकरण समेत माग गरेको थियो ।
बजेटको भोलिपल्टै सचिवालय बैठक बसेर एमसीसी सदनको अङ्ग बनिसकेकाले ‘संसद्ले पास गरे पास, हुने फेल गरे फेल हुने’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा उम्किएका थिए ।
कोभिडको कहरबीच बजेट पास गर्नुपर्ने हतारो बढिरहँदा एमसीसी टुङ्ग्याउनुपर्ने चटारोमा पनि छ नेकपा । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसीबारे निर्णय गर्न जेठ २७ गते मङ्गलबार अपराह्न ४ बजे बैठक बोलाइएको जानकारी दिए ।
“सम्भवतः बैठकको कार्यसूची एमसीसी नै हुनेछ,’’ उनले भने, “अहिलेको अवस्थामा एमसीसी कुनै हालतमा पारित गर्नु हुँदैन ।’’ सरकारका केही मान्छे घुमाइफिराइ एमसीसी पारित गर्न लबिङ थालेकोतर्फ सङ्केत गर्दै खनालले जति फन्का घुमे पनि एमसीसी पास नहुने बताए ।
“जहाँ जो जति फन्का घुमे पनि पास हुँदैन,” उनको अडान थियो । सचिवालयका बहुसंख्यक नेताहरू (९ मध्ये ५) एमसीसी पास गर्नुहुँदैन भन्ने पक्षमा छन् । खनालले सचिवालयले टुङ्गो लगाउन नसके स्थायी कमिटी बोलाएर छलफल गर्न माग गरेका छन् ।
गत माघ १९ गते सकिएको केन्द्रीय कमिटी बैठकले खनालकै संयोजकत्वमा अध्ययन कार्यदलसमेत गठन गरेको थियो । कार्यदलले एमसीसी अमेरिकी सरकारको हिन्द–प्रशान्त रणनीति अन्तर्गत भएको ठहर गर्दै संशोधनसहित पास गर्न सुझाव दिएको थियो । कार्यदलले ३२ बुँदे सुझाव पनि दिएको छ ।
तीन सदस्यीय कार्यदलमध्ये खनाल र भीम रावल पारित गर्न नहुने अडानमा देखिन्छन् भने अर्का सदस्य प्रदीप ज्ञवालीले फरक मत राखेका छन्
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












