नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । बजेट पारित गर्ने प्रक्रिया चलिरहँदा सरकारलाई एमसीसी पारित नगर्ने दबाब बढेको छ ।
नेकपाभित्र एमसीसी पारित गर्न नहुने मत बलियो बन्दै गएपछि सरकार अप्ठ्यारोमा परेको हो ।
नीति तथा कार्यक्रम र बजेटको बुँदा नम्बर २११ मा अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनासँग सम्बन्धित कार्यक्रम परेपछि पार्टीले स्पष्टीकरण समेत माग गरेको थियो ।
बजेटको भोलिपल्टै सचिवालय बैठक बसेर एमसीसी सदनको अङ्ग बनिसकेकाले ‘संसद्ले पास गरे पास, हुने फेल गरे फेल हुने’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा उम्किएका थिए ।
कोभिडको कहरबीच बजेट पास गर्नुपर्ने हतारो बढिरहँदा एमसीसी टुङ्ग्याउनुपर्ने चटारोमा पनि छ नेकपा । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसीबारे निर्णय गर्न जेठ २७ गते मङ्गलबार अपराह्न ४ बजे बैठक बोलाइएको जानकारी दिए ।
“सम्भवतः बैठकको कार्यसूची एमसीसी नै हुनेछ,’’ उनले भने, “अहिलेको अवस्थामा एमसीसी कुनै हालतमा पारित गर्नु हुँदैन ।’’ सरकारका केही मान्छे घुमाइफिराइ एमसीसी पारित गर्न लबिङ थालेकोतर्फ सङ्केत गर्दै खनालले जति फन्का घुमे पनि एमसीसी पास नहुने बताए ।
“जहाँ जो जति फन्का घुमे पनि पास हुँदैन,” उनको अडान थियो । सचिवालयका बहुसंख्यक नेताहरू (९ मध्ये ५) एमसीसी पास गर्नुहुँदैन भन्ने पक्षमा छन् । खनालले सचिवालयले टुङ्गो लगाउन नसके स्थायी कमिटी बोलाएर छलफल गर्न माग गरेका छन् ।
गत माघ १९ गते सकिएको केन्द्रीय कमिटी बैठकले खनालकै संयोजकत्वमा अध्ययन कार्यदलसमेत गठन गरेको थियो । कार्यदलले एमसीसी अमेरिकी सरकारको हिन्द–प्रशान्त रणनीति अन्तर्गत भएको ठहर गर्दै संशोधनसहित पास गर्न सुझाव दिएको थियो । कार्यदलले ३२ बुँदे सुझाव पनि दिएको छ ।
तीन सदस्यीय कार्यदलमध्ये खनाल र भीम रावल पारित गर्न नहुने अडानमा देखिन्छन् भने अर्का सदस्य प्रदीप ज्ञवालीले फरक मत राखेका छन्
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












