संसदमा नयाँ नक्साको बहस लम्बियो : मन्त्रिपरिषद् भोलि बस्ने
काठमाडौं । संसद बैठक लम्बिएपछि मन्त्रिपरिषद् बैठक भोलि मात्रै बस्ने भएको छ।
मंगलबारै अमेरिकी परियोजना एमसिसीबारे छलफलका लागि बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि स्थगित भइसकेको छ। आजका लागि डाकिएको मन्त्रिपरिषद् बैठक बुधबारका लागि डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा नेपालको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयकमाथि रातिसम्म छलफल जारी छ। नयाँ नक्साबारेको छलफलका क्रममा प्रधानमन्त्री ओली पनि संसदमा आएका थिए। उनी केही समय संसदमा बसेर बालुवाटार फर्किसकेका छन्। बजेटमाथिको छलफल मंगबार सकिएको छ। अब बजेट पास गर्ने कार्यक्रम पनि भोलिको संसद बैठकमा राखिने भएको छ।
सरकारले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गर्ने तयारी गरेको थियो। मोडालिटी बारे छलफल गर्न बुधबार बस्ने मन्त्रपरिषद् बैठकमा छलफल हुने भएको छ। यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो। सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। लकडाउनले देशमा संकट बढ्दै गएपछि यसको मोडालिटी फेर्ने तयारी भइरहेको छ।
उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले असार १ गतेदेखि चरणबद्ध लकडाउन खुकुलो बनाउने प्रस्ताव गरिसकेको छ। समितिले दुई-दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउने तयारी गरेको छ। समितिले असार १ पछि ६ चरणमा ७० दिनभित्र लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ। पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी सरकारले गरेको छ। जेठ १७ गतेको मन्त्रिपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मा दिएको थियो। सरकारले लकडाउन खुकुलो बनाउने योजना नल्याएपछि काठमाडौं र अन्य स्थानका ब्यापारीले पसल खोलिरहेका छन्। लकडाउनकै बीचमा सडकमा गाडी बढ्न थालेका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












