संसदमा नयाँ नक्साको बहस लम्बियो : मन्त्रिपरिषद् भोलि बस्ने
काठमाडौं । संसद बैठक लम्बिएपछि मन्त्रिपरिषद् बैठक भोलि मात्रै बस्ने भएको छ।
मंगलबारै अमेरिकी परियोजना एमसिसीबारे छलफलका लागि बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि स्थगित भइसकेको छ। आजका लागि डाकिएको मन्त्रिपरिषद् बैठक बुधबारका लागि डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा नेपालको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयकमाथि रातिसम्म छलफल जारी छ। नयाँ नक्साबारेको छलफलका क्रममा प्रधानमन्त्री ओली पनि संसदमा आएका थिए। उनी केही समय संसदमा बसेर बालुवाटार फर्किसकेका छन्। बजेटमाथिको छलफल मंगबार सकिएको छ। अब बजेट पास गर्ने कार्यक्रम पनि भोलिको संसद बैठकमा राखिने भएको छ।
सरकारले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गर्ने तयारी गरेको थियो। मोडालिटी बारे छलफल गर्न बुधबार बस्ने मन्त्रपरिषद् बैठकमा छलफल हुने भएको छ। यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो। सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। लकडाउनले देशमा संकट बढ्दै गएपछि यसको मोडालिटी फेर्ने तयारी भइरहेको छ।
उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले असार १ गतेदेखि चरणबद्ध लकडाउन खुकुलो बनाउने प्रस्ताव गरिसकेको छ। समितिले दुई-दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउने तयारी गरेको छ। समितिले असार १ पछि ६ चरणमा ७० दिनभित्र लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ। पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी सरकारले गरेको छ। जेठ १७ गतेको मन्त्रिपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मा दिएको थियो। सरकारले लकडाउन खुकुलो बनाउने योजना नल्याएपछि काठमाडौं र अन्य स्थानका ब्यापारीले पसल खोलिरहेका छन्। लकडाउनकै बीचमा सडकमा गाडी बढ्न थालेका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












