इटलीको अदालतमा परेको दुई अर्बको मुद्दा इन्भेष्टमेन्ट बैंकले जित्यो
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ।
इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको हो।
‘हामीले अहिले भर्खर मुद्दा जित्यौं। अब देशको २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन हामी त्यहाँको बैंकसँग दाबी गर्छौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बिजमाण्डूसँग भने, ‘यसबाट बैंकको वासलात थप सुदृढ र बलियो बन्ने छ।’
तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर कम्पनीले भने अनुसार काम गरिरहेको थिएन।
कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी (क्लेम) गरेको थियो। उत्तिनै बेला इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।
सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराइदिएको थियो। बैंकको तर्क नसुनी एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो।
कोभिड-१९ का कारण मुद्दाको फैसला ढिलाइ भइरहेको थियो। अन्ततः तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरिदिएको हो।
सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।
बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १९ करोड रुपैयाँ हाराहारी) ग्यारेन्टी दिएको थियो।
‘अब हामी इटालीको बैंकलाई तत्काल पैसा भुक्तानी गर्न भन्छौं,’ पाण्डेले भने, ‘यसले बैंकको पैसा मात्र फर्किने होइन देशकै पैसा फर्किन्छ।’
ग्यारेन्टी वापतको पैसा डुबेपछि इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकको प्रावधान अनुसार नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गर्नुपर्ने दबाबमा थियो। यही कारण बैंकको खराब ऋणमा बढ्ने अवस्था थियो। अब बैंकलाई यो दबाब हुने छैन।
‘उनीहरुले स्टे-अर्डर मार्फत हाम्रो पैसा रोकेका थिए। हामीले मुद्दा जितिसकेको अवस्थामा आजै हामीले पैसाका लागि क्लेम गरिसकेका छौं,’ पाण्डेले भने, ‘अब त्यहाँको बैंकलाई पैसा पठाउन कर लाग्छ।’
उनले यति ठूलो रकमको बैंक ग्यारेन्टीमा मुद्दा जित्दा देशकै पैसा फर्किने अवस्था आएको समेत बताए। मुद्दा लड्नका लागि बैंकले वकिलहरु बोकेर धेरैपटक इटाली धाउनु परेको थियो। मुद्दा लड्न मात्रै बैंकको करिब करिब ४ करोड रुपैयाँ खर्च भएको छ।
Comments
अरु समाचार
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...











