सदनमा प्रधानमन्त्रीको सम्बोधन : कोरोना नियन्त्रणमा त्रुटि स्वीकार, भ्रष्टाचार हुन नदिने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभा बैठकमा बसेरै सम्बोधन गरिरहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरीक्षद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन संसदमा उपस्थित भएका हुन् ।
सो क्रममा उनले कोरोना रोकथाम र नियन्त्रणका क्रममा त्रुटि भएको स्वीकारेका हुन् । कोरोना नियन्त्रणका क्रममा भ्रष्टाचार भएको भन्दै सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै उनले राष्ट्रिय संकटका बेलामा भ्रष्टाचार सह्य नहुने बताए । भ्रष्टाचार हुन नदिने पनि उनले प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीमा गम्भीर त्रुटि भएको स्वीकार गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरीक्षद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले कोरोना रोकथाम र नियन्त्रणका क्रममा त्रुटि भएको स्वीकारेका हुन् ।
‘शतप्रतिशत ठीक भयो भन्दिनँ’
उनले सरकारले कोरोना महामारीमा काम गर्दा केही ठाउँमा त्रुटि भएको स्वीकार गरेका छन् । शतप्रतिशत काम ठीक भएका छन् भनेर आफूले दाबी नगर्ने पनि उनले बताए । पहिलो परीक्षण गर्न हङकङ पठाउनुपरेको स्मरण गराउँदै उनले अहिले २१ वटा परीक्षण मेसिनको उपलब्धता रहेको पनि बताए । “केही–केही ठाउँमा व्यवस्थापनको गम्भीर कमजोरी देखिन्छ । एउटै प्रदेशमा मेसिन एक ठाउँमा गएको छ । मेसिनको पार्ट अर्को ठाउँमा गएको छ । र, त्यो दुइटालाई जोड्ने काम महिनौंसम्म भएको छैन । मेसिन छ, त्यसलाई चलाइएको छैन । चुस्तदुरुस्त गर्दै छौं ।”
उनले सुरुमै सावधानीका साथ लकडाउनको नीति लिँदा कोरोना नियन्त्रणमा राम्रो प्रभाव परेको बताए । सरकारले गरेका सबै प्रयास सफल छन्, ठीक मात्रै कदम अघि बढेका होलान् र सबै पर्याप्त होला भनेर आफूले नभन्ने उनको भनाइ थियो । तर, सरकारको प्रयास प्रभावकारी भएकै हुनाले संक्रमित संख्या र मृत्यु हुनेको संख्या विश्वमा भयावह हुँदासम्म नेपालमा एकजनाको पनि ज्यान गएको अवस्था नरहेको बताए ।
स्थानीय र प्रदेश तहको काम असाधारण
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको कोरोना महामारीमा प्रभावकारी काम गरेको भन्दै प्रशंसा गरेका छन् । उनले प्रदेश सरकारमाथि पनि अन्यथा सोच्नुपर्ने अवस्था नरहेको बताए । स्थानीय र प्रदेश तहले असाधारण ढंगले काम गरेको भन्दै उनले स्थानीय तह र प्रदेश तहको भावनामा चोट पुर्याउन नहुने बताए । स्थानीय तहका प्रतिनिधिहरूले ज्यान जोखिममा राखेर काम गरिरहेको उनको भनाइ थियो ।
त्यस्तै, उनले राष्ट्रिय संकटका बेलामा भ्रष्टाचार गर्छ भने त्यो कुनै पनि हालतमा सह्य हुन नसक्ने बताए ।
संसद र सांसदप्रति आभार
प्रधानमन्त्री ओली नेपालको अतिक्रमित भूमि समावेश नक्सा निशान छापमा राख्ने संविधान संशोधन प्रस्तावको पक्षमा संसद एकपिढक्कान भएको भन्दै संसद र सांसदहरूप्रति आभार व्यक्त गरे । नेपाल पुर्खाहरूले लडेर बचाएको देश भएको भन्दै उनले अहिले अडे मात्रै भौगोलिक अखण्डता पूर्ण रूपमा स्थापित गर्न सकिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय समस्या र चुनौती सामना गर्न संसद एकताबद्ध भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिन उपस्थित प्रधानमन्त्रीले सो विषयमा प्रवेश गर्नुअघि मंगलबार संविधान संशोधन विधेयकका सन्दर्भमा संसद एकताबद्ध भएको बताए ।
राष्ट्रियताको सवालमा, स्वाधीनता र भौगोलिक अखण्डता र भूमिको सवाल, भूमिमाथि न्यायोचित हकको सवालमा देश एक ढिक्का रहेको सन्देश संसदले दिएको पनि उनले बताए । आफ्नो भूमिमाथि हक स्थापित गर्ने प्रयास साझा प्रयास भएको र त्यसमा देश एकढिक्का भएको पुष्टि गरेको उनको भनाई थियो । “राष्ट्रियताको सवालमा र कोभिड १९ को सवालमा होस् वा यसले उत्पन्न गरेका अप्ठ्याराहरूको सामना गर्न होस् । आज जुन राष्ट्रिय एकता र संयुक्त प्रयासको आवश्यकता पर्छ । त्यो हिजोको सभामा देखाप¥यो । सिंगै सभाप्रति गर्व गर्दछु,” उनले भने, “राष्ट्रिय समस्या र राष्ट्रका सामु आएका चुनौतीहरूको सामना गर्न हाम्रो संसद जिम्मेवार र एकताबद्ध भएर अगाडि बढ्न सक्छ । संसदमा उपस्थित सबै राजनीतिक दल र सांसदहरूलाई धन्यवाद र आभार व्यक्त गर्दछु ।” त्यस्तै, उनले जस कसले लिने भन्ने विषयमा चिन्ता नगर्न पनि आग्रह गरे । संसदले सर्वसममत विधेयक पारित गर्ने भन्दै जस सबैलाई जाने बताए ।
कोरोना परीक्षणका लागि आधुनिक उपकरण ल्याउँदै छौ
प्रधानमन्त्री ओलीले कोरोना परीक्षणका लागि थप आधुनिक उपकरण ल्याउने बताएका छन् । थप पीसीआर मेसिन ल्याउने र आधुनिक उपकरण ल्याउने कार्य अघि बढेको उनले बताए । “थप आधुनिक उपकरण ल्याउनेमा हाम्रो ध्यान गएको छ । त्यसमा हामीले कदम चालिराखेका छौं,” उनले भने । कोरोनाको कारणले मात्र १५ जनाको मृत्यु नभएको भन्दै उनले अरू देशको तुलनामा संक्रमितमध्ये मृत्यु हुनेको संख्या अरू देशको भन्दा कम नै हुने बताए । नेपालीको प्रतिरोध क्षमता र उपचारको प्रबन्ध नेपालमा राम्रो भएको भन्दै उनले मृत्युदर कम हुने दाबी गरे । विदेशमा १३ देशमा १ सय २७ नेपालीको मृत्यु भएको उनले जानकारी दिए ।
तत्काल गर्न सकिने नयाँ प्रविधि ल्याउने प्रयास सरकारले तिव्रताका साथ गरिरहेको उनले बताए । “थप वर्तमान अवस्थाको कठिनाइमा परिवर्तन ल्याउनेमा सरकारको ध्यान केन्द्रित छ” उनले भने । पीसीआर परीक्षणबाट १ लाख ६ जहार ३ सय ३० र आरडीटीबाट १ लाख ६६ हजार १ सय ५८ को हालसम्म परीक्षण गरेको पनि उनले जानकारी दिए ।
निजी स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिने
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई कोरोनाभाइरस परीक्षण गर्न दिइने गरी निर्णय हुने बताएका छन् । संसदमा विनियोजन विधेयक–२०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बुधबार दिउँसो २ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर गर्ने बताए । कोभिड–१९ को नियन्त्रणका लागि सरकार प्रभावकारी ढंगले लागि परेकाले कहीँकतै भ्रष्टाचार हुन नदिन पनि बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












