१० अर्बको हिसाब खोज्ने गगनलाई प्रधानमन्त्रीको जवाफ : हिसाबको हैन कोरोनाका चिन्ता गरौँ
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सबैको चिन्ता र चिन्तन कोरोनामा केन्द्रित गर्ने बेला भएको बताएका छन्।
बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताए।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापा लगायतका सांसदहरुले कोरोना रोकथामका नाममा भएको १० अर्ब खर्चको एक एक गरेर हिसाब बुझाउनु पर्ने भन्दै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले कोरोनाका नाममा भएको खर्चमा अनियमितता पाइए कडा कारबाही गर्ने बताए।
‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरू सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ’, उनले भने, ‘कठघरामा उभ्याइन्छ। दोषी पाइएमा दण्डित गरिन्छ।’
समस्या चौतर्फी रुपमा आक्रमण गरेर एकैपटक आइपुगेपछि सरकारले केही गर्दा पनि केही नसकेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले अहिले हिसाबको भन्दा पनि कोरोनाको चिन्ता गर्ने बेला भएको बताए। उनले सरकारको हिसाबकिताबको अन्तरिक लेखापरीक्षण हुने भन्दै माहामारीका बेला अनियमितता गर्नेलाई नछाड्ने बताए।
‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्मा आउँछ । आन्तरिक लेखा परीक्षण हुन्छ। अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं’ प्रधानमन्त्री ओलीले भने, ‘कहीँकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ।’
महामारीको बेला पनि कोही भ्रष्टाचारमा संलग्न भएको भने त्यसलाई नछाड्ने र कठघरमा उभ्याएरै छाड्ने उनले प्रतिवद्धता गरे।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












