काठमाडाैँमा बस्दै आएका रुकुमका ७१ घरपरिवारलाई सांसद रोकाको पहलमा राहात वितरण
काठमाडाैं । काठमाडाैँको किर्तिपूरस्थित मच्छेगाँउ र चन्द्रागिरीको मातातिर्थमा रुकुमबाट आइ ज्यालामदूरी गर्ने ७१ घरपरिवारलाई चामल राहत वितरण गरिएको छ ।
रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य कमला रोकाको पहलमा ७१ परिवारलाई राहत वितरण गरिएको हो ।
चन्द्रागिरी हिल्स प्रालीका महाप्रवन्धक अभिषेकविक्रम शाहले ३० बोरा चामल राहत उपलब्ध गराएको सांसद रोकाले जनाएकी छन् । यस्तै, अमेरिकामा रहेका अभय श्रेष्ठले ६/७ बोरा चामल र सामाजिक अभियान्ता तथा युवा नेता प्रदीप परियारले १० बोरा चामल उपलब्ध गराएको उनले जनाएकी छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरिराखेको छ । लकडाउनको आज ७९ औं दिन पुगिसकेपनि सरकारले राहत उपलब्ध नगराएपछि चरम संकटमा परेका जनतालाई सांसद रोकाले विभिन्न व्यक्ति तथा निकायसँग सहकार्य गरेर राहत उपलब्ध गराउदै आएकी छन् ।
सांसद रोकाले आफ्ना निर्वाचन क्षेत्रका जनतालाई राहत वितरण गर्दै आएकी छन् । उनले पाँचाै चरणको राहत उपलब्ध गराएको भन्दै यसरी सकेसम्म जनतालाई सहयोग गरिरहने र भोकले मर्न नदिने प्रतिबद्दता समेत व्यक्त गरेकी छन् ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखोजौँ: प्रधानमन्त्री शाह
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकाले काठमाडौं उपत्यकाको खोला किनारका सुकुम्वासीलाई हटाइएको बताएका छन् । आइतबार बसेको प्रतिनिधि...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












