कालीनदी पूर्वी भाग नेपालको हो, सो भूमि फिर्ता ल्याउन कांग्रेसको समर्थन हुन्छ : देउवा
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा आफ्नो दलको समर्थन हुने बताए।
शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा कंग्रेस सभापतिसमेत रहेका देउवाले कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए।
नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको बताए।
यस्तो छ देउवाको भनाइ
सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको भूभाग नेपालको भनेको प्रस्ट छ, अंग्रेजले छापेको नक्सामा पनि यो प्रस्ट छ।
चीनको नक्सामा पनि कुटियांदी भनिएको छ जसको अर्थ कालीनदी नै भन्ने हुन्छ, त्यसकारण यो नेपालको भूभाग हो भन्ने स्पष्ट छ।
हाम्रो पार्टीकाे केन्द्रीय समितिले संशोधनका पक्षमा समर्थन गर्ने निर्णय गरेको छ।
आजै भोट गर्नुभन्दा अगाडि बसेको संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय भएको छ।
संशोधनका पक्षमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितकाे पक्षमा छ भन्ने देखिएको छ।
सबै ठाउँका नेपाली राष्ट्रिय हित र स्वाधीनताका लागि एक छन् भन्ने पुष्टि भएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












