नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडियो कन्फ्रेन्स हुँदै
अध्यक्ष प्रचण्डसहितका नेता सहभागी हुने
काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी(सिपीसी) बीच पार्टी तथा देश कसरी संचालन गर्ने भन्ने बारेमा आज भिडिओ कन्फरेन्स हुँदैछ।
भिडिओ कन्फ्रेन्समा नेकपाका अध्यक्ष प्रचण्ड र उप-प्रधानमन्त्री सहित करिब सय जना पार्टी नेताहरू सहभागी हुनेछन्।
दुई पार्टीकाबीच अनुभव र विचार आदानप्रदान हुने सो भिडिओ गोष्ठी नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागले संयूक्त रूपमा आयोजना गर्न लागेका हुन्।
नेपालमा नेकपाका करिब सय नेताले १५ समूह बनाएर कन्फ्रेन्समा भाग लिनेछन्।
भिडिओ कन्फरेन्स अपरान्ह ४ बजेबाट सुरू हुने जनाइएको छ।
सिपीसीका तर्फबाट अन्तराष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओ लगायतका नेता सहभागी हुने नेकपा स्कुल विभाग प्रमुख एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलका स्वकिय सचिव दिपेन्द्र श्रेष्ठले बताए।
नेपालबाट १५ वटा कम्प्युटर र चीनबाट ५ वटा कम्प्युटर मार्फत कुराकानी हुने श्रेष्ठले बताए।
‘सिसीपीसँग बलियो सत्तारुढ पार्टी निर्माण कसरी गर्न सकिन्छ भनेर छलफल हुन्छ’, उनले भने,’गोष्ठीमा दुवै पार्टीका अनुभवहरु आदनप्रदान हुन्छन्।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












