पर्यटन मन्त्री सहभागी ‘जूम मिटिङ’मा एक मिनेट अश्लील भिडियो प्ले भएपछि…
काठमाडौं । नेपाल पर्यटन बोर्डको जुम मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्ने क्रममा पोर्न (अश्लील) भिडियो देखिएको छ ।
नेपाल पर्यटन बोर्डले पर्यटन उद्योग खोल्ने तयारी स्वरुप सुरक्षा मापदण्डसहितको प्रोटोकल सार्वजनिक गर्न जुममा आयोजित कार्यक्रममा मन्त्री बोलिरहँदा भिडियोसहितको ‘पोर्न मुभी’ प्रशारण गरिएको थियो ।
कसले कहाँबाट यो भिडियो प्रशारण गर्यो भन्ने यकिन जानकारी नभए पनि मिटिङको लिंक ह्याक गरेर यस्तो भिडियो प्रशारण भएको हुन सक्ने बताइएको छ । त्यसअघि पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, पर्यटन व्यवसायीद्वय कर्ण शाक्य र दीपक महत बोलिसकेका थिए ।
कार्यक्रममा मन्त्री, सचिव, पर्यटन बोर्डका अधिकारीहरुसहित केही विदेशी, पर्यटन व्यवसायीहरु, सञ्चारकर्मीसहित करिब सय जनाको सहभागिता थियो । यसअघि पनि नेपाल राष्ट्र बैंकले गरेको कार्यक्रममा पनि यस्तै घटना भएको थियो ।
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...












