पर्यटन मन्त्री सहभागी ‘जूम मिटिङ’मा एक मिनेट अश्लील भिडियो प्ले भएपछि…
काठमाडौं । नेपाल पर्यटन बोर्डको जुम मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्ने क्रममा पोर्न (अश्लील) भिडियो देखिएको छ ।
नेपाल पर्यटन बोर्डले पर्यटन उद्योग खोल्ने तयारी स्वरुप सुरक्षा मापदण्डसहितको प्रोटोकल सार्वजनिक गर्न जुममा आयोजित कार्यक्रममा मन्त्री बोलिरहँदा भिडियोसहितको ‘पोर्न मुभी’ प्रशारण गरिएको थियो ।
कसले कहाँबाट यो भिडियो प्रशारण गर्यो भन्ने यकिन जानकारी नभए पनि मिटिङको लिंक ह्याक गरेर यस्तो भिडियो प्रशारण भएको हुन सक्ने बताइएको छ । त्यसअघि पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, पर्यटन व्यवसायीद्वय कर्ण शाक्य र दीपक महत बोलिसकेका थिए ।
कार्यक्रममा मन्त्री, सचिव, पर्यटन बोर्डका अधिकारीहरुसहित केही विदेशी, पर्यटन व्यवसायीहरु, सञ्चारकर्मीसहित करिब सय जनाको सहभागिता थियो । यसअघि पनि नेपाल राष्ट्र बैंकले गरेको कार्यक्रममा पनि यस्तै घटना भएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












